Daily Archives: 02/04/2018

देशभर औषधि र खोप अभाव


दीपक दाहाल
काठमाडौं – स्वास्थ्य सेवा प्रवाहको प्रमुख निकाय स्वास्थ्य सेवा विभाग नेतृत्वविहीन बन्दा देशभर औषधि र अत्यावश्यक खोपको अभाव हुने अवस्था आएको छ। विगत एक महिनादेखि महानिर्देशक नहुँदा जिल्लाजिल्लामा औषधि खरिदका लागि छुट्याइएको बजेट पठाउन रोकिएको छ। यसले गर्दा औषधि अभाव हुनुका साथै सर्पदंश र बहुला कुकुरले टोक्दा लगाइने (एन्टिरेबिज) को समेत खरिद अवरुद्ध भएको विभागले जनाएको छ। विभागअन्तर्गतका महाशाखा र केन्द्रका प्रमुखहरुलाई पाँच लाखसम्मको मात्रै कार्यक्रम स्वीकृति र भुक्तानी दिने अधिकार हुन्छ। त्यो पनि महानिर्देशकले अधिकार दिएपछि मात्रै गर्न पाइन्छ । पाँच लाखभन्दा बढीको औषधिलगायतका उपकरण खरिदको जिम्मेवारी महानिर्देशकमै हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रधामन्त्रीले भने- भूकम्प गएको तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर जान मिल्छ ?


‘तीन बर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन’
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्राधिकरणको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । उनले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानाको आड नलिइ तिव्र गतिमा अघि बढाउन निर्देशन दिए । पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने । पढ्नेक्रम जारी राख्नुहोस्

कोरिया जान ८२ हजारको आवेदनः पहिलो दिनमा ३० हजारले भरे, अन्तिममा १६ सय मात्रै


रविन्द्र घिमिरे
२९ चैत, काठमाडौं । यसवर्ष कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४ जनाको आवेदन परेको छ । यो वर्ष गतवर्षभन्दा झण्डै ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका हुन । गतवर्ष ७५ हजार ५ सय ८० युवाले कोरिया जान फारम भरेका थिए । गत चैत ९ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल


ओली भारतीय कलाकारहरूसँग पनि भेटघाट गर्ने
सुरेशराज न्यौपाने
नयाँ दिल्ली — प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् ।  ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको हुनसक्ने स्रोतले बतायो । पढ्नेक्रम जारी राख्नुहोस्