रामकला खड्का
क्रमशः कञ्चन अमात्य र आयुषी केसी
काठमाडौं : एसियाका ‘तीस वर्षमुनिका ३० प्रभावशाली व्यक्ति’को सूचीमा दुई नेपाली महिला परेका छन्। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी एसिया’ सूचीमा आयुषी केसी र कञ्चन अमात्य प्रभावशाली सामाजिक उद्यमीका रूपमा सूचीकृत भएका हुन्। सूचीमा नाम परेकी आयुषीले भनिन्, ‘मलाई गर्वको अनुभूति त भएकै छ, यसले आत्मविश्वास पनि बढाएको छ।’ खालीसिसी व्यवस्थापन प्रालि (खालीसिसी डट कम) की संस्थापक एवं मुख्य कार्यकारी अधिकृत आयुषीले नेपालको खालीसिसी तथा अन्य फोहोर संकलन प्रक्रियालाई ‘डिजिटल प्ल्याटफर्म’ दिने काम गरेकी छन्। खालीसिसी र पुराना कागज संकलन गर्ने व्यक्तिले समाजमा सम्मान नपाउने गरेको सन्दर्भमा यही कामले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले खुसी लागेको उनले बताइन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/03/2018
३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा दुई नेपाली महिला
Posted in विविध
किम चीन पुगेको पुष्टि, सी जिनपिङलाई भेटे
१४ चैत, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलेको छ ।
किम सुटुक्क चीन गएको अपुष्ट खबरहरु प्रकाशमा आइरहेका बेला चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसको पुष्टि गरेका हुन् । सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
गोरीकला हत्यामा प्रहरी पनि संलग्न
प्रकाश अधिकारी
सुर्खेत — एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो । प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयानका क्रममा भनेका छन् । गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि टाढा जंगलनजिक बसेर मदिरासहित खाजा नास्ता खाएका थिए । उनीहरुलाई त्यहाँ छाडेर बास्तोलाको नजिकैको गाउँमा भोजमा गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार