सरकारी कार्यालयमा फेसबुक प्रतिबन्ध


ललितबहादुर बुढा
सुर्खेत : कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउने र सेवाग्राहीको काम नगर्ने गुनासो बढेपछि प्रदेश सरकारले मंगाबारदेखि फेसबुक बन्द गर्न लागेको हो । सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रियासमेत अघि बढाएको छ । सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी तथा निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग आइतबार छलफल गरेका छन् । अहिले यो प्रदेशमा नेपाल टेलिकम, वल्र्ड लिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केबल नेटले इन्टरनेट सेवा दिँदै आएका छन् ।

इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरूलाई बोलाएर मुख्यमन्त्री शाहीले फेसबुक बन्द गर्ने विषयमा छलफल गरेका हुन् । सो अवसरमा इन्टरनेट सेवा प्रदान गर्दै आएका कम्पनीहरूले सरकारले औपचारिक पत्र पठाए आफूहरूले फेसबुक बन्द गरिदिने बचन दिए ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सुरेश पहाडीले कार्यालय अवधिमा सरकारी कार्यालयमा फेसबुकमा प्रतिबन्ध लगाउन गृहकार्य थालिएको बताए । उनका अनुसार यो योजना पहिलो चरणमा मंगलबारबाट मुख्यमन्त्रीको कार्यालयसहित प्रदेशका सबै मन्त्रालयहरूमा लागु हुनेछ । विस्तारै प्रदेशका सबै सरकारी कार्यालय र संस्थानहरूमा नै फेसबुकमा प्रतिबन्ध लगाउने तयारी सरकारको छ । यसका लागि सोमबार नै इन्टरनेट सेवा प्रदायकहरूलाई औपचारिक पत्र पठाएर सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने प्रक्रिया थालिनेछ । केही मन्त्री वीरेन्द्रनगरबाहिर रहेका कारण सोमबार मात्र यस’bout मन्त्रीहरूबीच थप छलफल गरेर सरकारले निर्णय लिनेछ ।

‘बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सरकारी कार्यालयमा अब फेसबुक चल्दैन’, मुख्यमन्त्रीका स्वकीय सचिव पहाडीले भने, ‘फेसबुक चलाएर जनताको काम नगर्नेहरू अब ठिक ठाउँमा आउनेछन्, जनताले समयमै सेवा पाउनेछन् । सोमबार नै सबै इन्टरनेट सेवा प्रदायकलाई मुख्यमन्त्री कार्यालयले आधिकारिक पत्र पठाउनेछ, अब सरकारी कार्यालयमा फेसबुक बन्द हुन्छ ।’

अब कर्णाली प्रदेशका सरकारी कार्यालय, संस्थान र विद्यालयहरूमा पनि फेसबुक बन्द हुनेछ । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी सहकारी मन्त्री विमला केसीले दुई चरणमा गरी फेसबुक प्रतिबन्ध लगाइने जानकारी दिइन् ।

उनका अनुसार पहिलो चरणमा मन्त्रालयमा र दोस्रो चरणमा प्रदेशका अन्य सरकारी कार्यालयहरूमा फेसबुक चलाउन रोक लगाइने छ । कार्यालयभित्र कर्मचारीले काम नगर्ने र फेसबुकमा भुल्ने गरेको गुनासो बढेपछि मुख्यमन्त्री शाही आक्रामक बनेका हुन् ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w