नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले प्रथम वार्षिक उत्सव २७ अप्रिल २०१८ मा मनाउने


कुबैत नेपालडटकम

“बिश्वकर्माहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारा सहित कुवेतको नेपाली समाजमा सन २०१६ को अन्त्यमा स्थापना भएको नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले यहि आउँदो २७, अप्रिल २०१८ मा आफ्नो एक साल पूरा गरेको उपलक्ष्यमा वार्षिक उत्सव मनाउने भएको छ ।

नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले नेपाली समाजमा छोटो समयमै उल्लेखनीय कार्य गर्न सफल भएको छ । यस समाजले कुवेतमा अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको उद्वारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । कुवेतमा भएका कृयाशिल विभिन्न संघ सस्थाहरु संग हरेक कार्यमा सहकार्य गर्दै आइरहेको छ । कुवेतमा मात्र नभएर नेपालमा पनि विभिन्न किसिमका आपत बिपत्तिमा परेका नेपालिहरुको लागि सहयोग गर्नुको साथै नेपालमा आयोजित मिस / मिस्टर बिश्वकर्मा कार्यक्रममा पनि प्रायोजक गरेको थियो ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका बिदेशी भूमिमा बाध्यता वा बिभिन्न परिस्थितिका कारण बिदेशीय पनि नेपालका पूर्व मेची देखि पश्चिम महाकाली सम्मका कुवेतमा फैलिएर रहेका बिश्वकर्माहरूको दु:ख सुखमा साथ दिदै आएको छ । नेपाली समाजमा रहेको जातीय विभेद तथा छुवाछूत र समाजमा भएका कुरितीहरु हताउनको लागि पनि बिश्वकर्माहरुको एकता हुन जरुरी भएको समाजका उपाध्यक्ष भिम बिश्वकर्माले जानकारी गराएका छन ।

समाजकाे रिक्त रहेकाे पदमा कार्यसमिति पनि चयन गर्ने भएकाे छ । समाजले पहिलो वार्षिक उत्सव यहि आउदो अप्रिल २७ तारिख शुक्रबारका दिन मनाउन गइरहेको हुँदा उक्त दिनमा कुवेतमा कार्यरत बुद्धिजीवी, समाजसेवी, कृयाशिल संघ सस्था, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लाई उपस्थितिको लागि अनुरोध गरेको छ । कार्यक्रम बिहान ११ बजे देखि शुरूवात हुने र स्थान भने आयोजकले केही समय पछि जानकारी गराउने छ ।

कार्यक्रमको बिस्तृत जनकारिको लागि :
उपाध्यक्ष – भिम बहादुर बिश्वकर्मा – 66592280
उपाध्यक्ष – प्रेम बहादुर बिश्वकर्मा ( कार्यक्रम संयोजक ) – 51784715
उपाध्यक्ष – बिष्णु माया बिश्वकर्मा
सचिव – टेक बहादुर बिश्वकर्मा – (60489899)
काेषाध्यक्ष – खेम बहादुर बिश्वकर्मा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.