ललितबहादुर बुढा
सुर्खेत : कर्णाली प्रदेशका सरकारी कार्यालयमा सामाजिक सञ्जाल फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । कार्यालय समयमा कर्मचारीले फेसबुक चलाउने र सेवाग्राहीको काम नगर्ने गुनासो बढेपछि प्रदेश सरकारले मंगाबारदेखि फेसबुक बन्द गर्न लागेको हो । सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रक्रियासमेत अघि बढाएको छ । सरकारी कार्यालयमा फेसबुक बन्द गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी तथा निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँग आइतबार छलफल गरेका छन् । अहिले यो प्रदेशमा नेपाल टेलिकम, वल्र्ड लिंक, सुबिसु, टेक माइन्ड र सुर्खेत केबल नेटले इन्टरनेट सेवा दिँदै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 3,938,658 यात्रीहरु
पुराना पेजहरु