फिफाले भन्यो ‘चुनाव नगरे कारबाही’


‘उच्च अदालतले एन्फा निर्वाचन’bout जारी गरेको अन्तरिम आदेश जिल्ला फुटबल संघको अवैधानिक उजुरीको अधारमा गरिएको छ ।’
राजु घिसिङ
काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले तोकिएको मितिमा निर्वाचन नगरे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्ने चेतावनी दिएको छ । फिफाले अदालतमा परेको उजुरीलाई पनि अवैधानिक भनेको छ । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखू र मकवानपुरका ‘पूर्व’ उपाध्यक्ष मनीष श्रेष्ठले एन्फालाई विपक्षी बनाएर निर्वाचन गरे आफ्नो अधिकार हनन् हुने भन्दै निवेदन दिएपछि शुक्रबार उच्च अदालत, पाटनले ‘त्यसको टुंगो नलागेसम्म चैत १४ मा हुने चुनाव नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश राजकुमार वनको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको थियो । त्यसैले पाँच दिनअघि आएर एन्फाको चुनावी अधिवेशन अन्योलमा परेको हो ।

उच्च अदालतको अन्तरिम आदेश शुक्रबार बुझेपछि एन्फाले तत्कालै एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबलको सर्वोच्च संस्था फिफालाई त्यस’bout अवगत गराउँदै निर्वाचन सार्ने आशयसहित दुईपल्ट पत्राचार गरेको थियो । एन्फाको पहिलो पत्रको जवाफमा फिफाले योजनाअनुसार नै निर्वाचन हुने आशा गर्दै परिस्थिति’bout सुसूचित गराउन भनेको थियो । त्यसपछि एन्फाले अन्तरिम आदेशलाई आधार बनाएर चुनाव सार्नुपर्ने कारणहरू उल्लेख गरी पत्राचार गरेको थियो । त्यसमा कडा जवाफ दिँदै फिफाले चुनाव नगरे एन्फालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

पछिल्लोपल्टको विशेष अधिवेशनले पारित गरेको विधानलाई उल्लेख गर्दै फिफाले एन्फालाई पठाएको पत्रमा फिफाको नियमावलीमा व्यवस्था नगरिएका बाहेकमा सदस्य संघ सामन्य अदालत जान प्रतिबन्धित रहेको अवगत पनि गराएको छ । ‘सदस्य संघले यस (प्रतिबन्ध) को व्यवस्थालाई सबै सदस्यबाट सम्मान गराउनुपर्छ,’ फिफाले लेखेको छ, ‘उच्च अदालतले एन्फा निर्वाचन’bout जारी गरेको अन्तरिम आदेश जिल्ला फुटबल संघको अवैधानिक उजुरीको अधारमा गरिएको छ ।’

एन्फाका हरेक सदस्यले तेस्रो पक्षको बिनाप्रभाव घटनाको आफैं स्वतन्त्रतापूर्वक व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘एन्फाको विधान पूर्णरूपमा लागू गराउने जिम्मेवारी एन्फाको हो ।’ एन्फाका महासचिवलाई सम्बोधन गरिएको पत्रमा लेखिएको छ, ‘तोकिएकै मिति (१४ चैत) र स्थानमा निर्वाचन हुने आशा छ । एन्फाले एकतर्फी निर्णय गरेमा हामीसँग फिफाको विधानअनुसार अगाडि बढ्नका लागि सिफारिस गर्नुको विकल्प हुन्न । यदि विधान उल्लंघन गरेकोमा धारा १४ अनुसार कारबाही हुनेछ । तेस्रो पक्षबाट प्रभावित (हस्तक्षेप) भएमा संघको आफ्नै गल्ती बिना पनि एन्फालाई कारबाही गरिनेछ ।’

बाधक भक्तपुर र मकवानपुर
एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि ७७ मतदाता सदस्य छन् । एन्फाले जिल्ला संघहरूलाई ५ माघभित्र निर्वाचन गर्न भनेको थियो । त्यसमध्ये भक्तपुरमा मात्र निर्वाचन भएको छैन ।

अध्यक्ष गौतम सुजाखूले क्लबहरूलाई सूचना नदिई गुपचुप रूपमा कार्यसमिति गठन गर्न खोजेको आरोप लगाएपछि भक्तपुरको निर्वाचन रोकिएको थियो । त्यसपछि उनले बोलाएको अधिवेसन एन्फाको निर्देशन निर्देशिकाअनुसार नभएको र सबै सदस्यहरूलाई समावेश नगरेको भन्दै क्लबहरूले जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतले निवेदनको टुंगो नलोगसम्म अधिवेसन नगर्न आदेश जारी गरेपछि तोकिएको पेसी पटक–पटक सर्दै आएको छ । त्यसको समाधान गर्न एन्फाले पनि चासो दिएको छैन ।

एन्फाले पनि मकवानपुरमा अधिवेशन बोलाएर पनि टीकाराम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो तर वीचमै एन्फा प्रतिनिधि मणि कुँवर बाहिरिएपछि त्यसलाई मान्यता दिइएको छैन । र, एन्फाले मकवानपुरमा सरोकारवालाई समेटै अर्को निर्वाचन गर्नको लागि मिति र प्रतिनिधि पनि तोकेको छैन । नवलपरासीमा भने तेस्रोपल्ट मिति र प्रतिनिधि तोक्दै एन्फाले बिहीबार चुनाव गराएको थियो । मनीष मकवानपुर जिल्ला फुटबल संघमा ‘अघिल्लो’ कार्यसमितिका उपाध्यक्ष हुन् ।

सुजखुले जिल्ला अधिवेसन नगरी एन्फा अधिवेसनमा प्रतिनिधि दर्ता गराउने प्रयासलाई निर्वाचन समितिले अस्वीकार गरेको थियो भने मकवानरपुरका श्रेष्ठले एन्फामा उजुरी दिएका छैनन् । यी दुईले निवाचनको मुखैमा आएर बिहीबार चैत १४ मा चुनाव गरिए आफ्नो अधिकार हनन् हुने भन्दै अदालतमा निवेदन दिएका थिए । एन्फाको मतदाता सूचीमा भने भक्तपुर र मकवानपुर दुवै समावेश छन् । श्रेष्ठ उपाध्यक्ष रहेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ आफंै पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।

उच्च अदालतमा निवेदन दिएका भक्तपुरका अध्यक्ष गौतम सुजखू र मकवानपुरका मनीष श्रेष्ठ फिफाद्वारा भ्रष्टाचारको अभियोगमा प्रतिबिन्धित गणेश थापाका विश्वासपात्र हुन् । श्रेष्ठ अध्यक्षका उम्मेदवार मणि कुँवरको चुनावी अभियानमा पनि सक्रिय छन् । गणेश थापाका साला कुँवर हाल एन्फाका वरिष्ठ उपाध्यक्ष हुन् । कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलसहित यसपालि अध्यक्षमा भिड्दै छन् ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w