तमु समाज युएईको ११औँ महादिबेशन सम्पन्न अध्यक्षमा पुन: उषा तमुस्यो


कुबेत नेपालडटकम

गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा १९९७ मा स्थापना भएको नेपाली समाज युएई कै दोश्रो पुरानो संस्था जातिय संस्था ‘तमू समाज युएई ‘ले आफ्नो ११औँ ऐतिहासिक अधिवेशन २०१८,मार्च-२३ शुक्रबार आवुधबी स्थित एवेर ग्रीन रेष्टुरेन्टमा भब्यताका साथ सम्पन्न गरेको छ ।

आवुधबी स्थित एवेर ग्रीन रेष्टुरेन्टमा २०१८, मार्च-२३ शुक्रबार तमु समाज युएईको ११औँ महादिबेशन बाट उषा तमुस्यो पुन दोश्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएको छ ।तमुहरुको सुख दुखमा साथ दिन र आफ्नो समुदायको भाषा, धर्म, सस्कार,संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उदेश्यले सन् १९९७ मा स्थापित युएई कै दोश्रो पुरानो संस्था तमु समाज युएई हो । उक्त महाधिबेशन सम्पन्न गर्न तमु समाज युएईको सल्लाहकार डेर राज तमुको संयोजकत्वमा राजु तमु र श्याम तमु सदस्य सहित ३ जनाको निर्वाचन समिती तयार गरेका थिए । उक्त निर्वाचन समितिले उषा तमुस्योको अध्यक्षतामा निम्न पदाधिकारीहरु सहित १९ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ l

तमु समाज तमु समाज युएईको ११औँ महादिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्नानुसार रहेको छ । जसमा:

अध्यक्ष : उषा तमुस्यो
वरिष्ठ उपाध्यक्ष : मुनिन्द्र तमु
उपाध्यक्ष : भगवती तमुस्यो
उपाध्यक्ष : नन्द जंग तमु
महासचिव : पवित्र तमुस्यो
सचिव : इन्द्र तमु
कोषाध्यक्ष : बल बहादुर तमु
सहकोषाध्यक्ष : प्रिती तमुस्यो
प्रवक्ता : मान सिंङ तमु (मानु कोन्मे तमु)
सदस्यहरु :
उर्मिला तमुस्यो, किरण तमु, संजय तमु, सन्तोष तमु, अमृत तमु, तारा तमु, रमिला तमुस्यो, ममता तमुस्यो, पुर्णिमा तमुस्यो रहेका छन् l

निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरुलाई तमु समाज युएईको निवर्तमान प्रमुख संरक्षक यम प्रसाद तमुले सपथ खुवाएका थिए l

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w