दिनेश सुवेदी
रोल्पा – सिंहदरबारको अधिकार गाउँ सम्म ल्याएको बताउँदै निर्वाचनमा भोट मागेका जनप्रतिनिधि बसेको केन्द्र सम्म पुग्नै जनतालाई सास्ती भएको छ। अब त घर छेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका रोल्पाका गमालीहरू यतिबेला निरास छन्। हिजोका दिनमा ४१ किलोमिटर कच्ची सडक ‘गाम हुँदै सुलिचौर’ पुगेर २९ किलोमिटर पक्की सडकको यात्राले सदरमुकाम लिवाङ पुगेका गमालीहरू अहिले आफूहरू अन्यायमा परेको अनुभब गर्दैछन। उनीहरू आज पनि सुलिचौर त आउँछननै तर गाउँपालिकाको केन्द्र पुग्न फेरी २७ किलोमिटर कच्ची सडक पार गर्नुपर्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/03/2018
गाउँमा सिंह आए तर दरबार आएन
Posted in नेपाल समाचार
चैते दसैँ र रामनवमी आज एकै दिन
काठमाडौँ, चैत ११ गते । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमर्ले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
फिफाले भन्यो ‘चुनाव नगरे कारबाही’
‘उच्च अदालतले एन्फा निर्वाचन’bout जारी गरेको अन्तरिम आदेश जिल्ला फुटबल संघको अवैधानिक उजुरीको अधारमा गरिएको छ ।’
राजु घिसिङ
काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले तोकिएको मितिमा निर्वाचन नगरे अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारबाही गर्ने चेतावनी दिएको छ । फिफाले अदालतमा परेको उजुरीलाई पनि अवैधानिक भनेको छ । भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखू र मकवानपुरका ‘पूर्व’ उपाध्यक्ष मनीष श्रेष्ठले एन्फालाई विपक्षी बनाएर निर्वाचन गरे आफ्नो अधिकार हनन् हुने भन्दै निवेदन दिएपछि शुक्रबार उच्च अदालत, पाटनले ‘त्यसको टुंगो नलागेसम्म चैत १४ मा हुने चुनाव नगर्नु नगराउनु’ भनी अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश राजकुमार वनको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको थियो । त्यसैले पाँच दिनअघि आएर एन्फाको चुनावी अधिवेशन अन्योलमा परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
तमु समाज युएईको ११औँ महादिबेशन सम्पन्न अध्यक्षमा पुन: उषा तमुस्यो
कुबेत नेपालडटकम
गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर कुवेतमा १९९७ मा स्थापना भएको नेपाली समाज युएई कै दोश्रो पुरानो संस्था जातिय संस्था ‘तमू समाज युएई ‘ले आफ्नो ११औँ ऐतिहासिक अधिवेशन २०१८,मार्च-२३ शुक्रबार आवुधबी स्थित एवेर ग्रीन रेष्टुरेन्टमा भब्यताका साथ सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार