लुम्बिनी सेवा समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम

मार्च २३ कुवेत, “सेवा र सहयोग मा प्रबास बाट हाम्रो भूमिका” लुम्बिनी सेवा समाज नेपाल कुबेत ले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतको पाँचौ वार्षिकोत्सव तथा नयाँ वर्ष २०७५ सालको क्यालेन्डर कार्यक्रम हिजो मार्च २३ तरिक शुक्रबार को दिन कुबेत फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न गरेको छ।

रोजगारिको शिलशिलामा कुवेतमा रहेका सम्पूर्ण लुम्बिनी बासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको लुम्बिनी समाज कुबेत ले आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा भएको कार्यक्रममा समाज को अध्यक्ष रुपेन बिक्रम हमाल को सभापतित्वमा पाँचौ वार्षिक उत्सव तथा नयाँ बर्ष तथा २०७५ को भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम नेपाली दूतावास, महामहिम राजदूत अज्ञ बहादुर हमालको प्रमुख अथिति, र प्रथम महिला रीता हमालको बिशेष अथिति रहेको उक्त समारोहमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। भने समाज को बिशेष सल्लाहकार,पत्रकार नवारज पन्थी ले सन्चालान गरेको कार्यक्रम लाई समाज कोउपाध्यक्ष अशोक वस्तिले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने अथिति, शुभकामना मन्तव्य दिनु हुने महामहीम राजदुत यज्ञबहादुर हमाल, श्रीमती रिता हमाल , भोजपुर सेवा समाजका अध्यक्ष तथा पत्रकार कोषराज राई तमु समाजका अध्यक्ष खोप गुरुङ, नीरूमाया खड़का, लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो।

कार्यक्रममा समाजको पाँचौ वर्षमा प्रधान गरिने “लुम्बिनी अभिनन्दन २०१८” बाट कुवेतका लागि नेपाली राजदुत दम्पतीद्वय यज्ञ बहादुर हमाल र श्रीमती रिता हमाललाई दोसाल्ला ओढाएर कदर-पत्र सहित लुम्बिनी अभिनन्दनद्वारा सम्म्मान गरिएको छ् । साथै रोजगारीको लागि कुवेतमा लामो समयदेखि रहेर कलाकारीता गर्दै कला संस्कृतिलाई योगदान पुर्‍याईरहेका रहेका गायक बिबी मल्ल, डिबी लोप्चन र माधव शर्मालाई विशेष सम्म्मान गरिएका थिए।

साथमा लुम्बिनी समाज नेपालले संचालनमा ल्याएको न्युजलुम्बिनी डट्कमलाई पनि सोहि कार्यक्रममा औपाचारिक रुपमा उद्घाटन गरि सार्वाजिक गरिएको साथै न्युजलुम्बिनीको ’boutमा पत्रकार राज मल्लले जानकारी दिएको थियो । साझको ५ बजे सम्म चलेको उक्त कार्यक्रमका साथमा बिभिन्न दोहोरी गीत एबम सास्कृतिक सोरठि, खेली नृत्य, र नाचगान संगै गीत, नृत्य, लागायतका मनोरञ्जनात्मक प्रस्तुतिले भरिपुर्ण रहेको

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष रुपेन बिक्रम हमालले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरिएको थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w