एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल


प्रताप बिष्ट
हेटौडा — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सहजढंगले बढिरहेको बताएका छन् । बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनले पार्टी एकता एक महिना भित्र टुंगिने बताए। ‘पार्टी एकता प्रक्रिया सहजढंगले अगाडि बढेको छ। दुई वटा कार्यदल काम गरिरहेका छन्। एक/दुईदिनमा कार्यदलको प्रतिवेदन प्राप्त हुनसाथ एकता संयोजन समिति बसेर अन्तिम रुप दिनेछ,’ दाहालले भने, ‘कार्यदलले २२ अप्रिलमा एकता गर्न सुझाएपनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र आफुले औपचारिक छलफल गरेपछि एकताको समय घोषणा हुन्छ।’

वर्तमान सरकारलाई मधेशवादी दलहरुको समर्थन पछि दुई तिहाई बहुमत पुगेकाले अबको राजनीति सहजढंगले अगाडि बढ्ने उनको दाबी छ। दाहालले विकासको परिणाम निकाल्न राष्ट्रिय एकता र संकल्पको खाँचो रहेको टिप्पणी गर्दै राष्ट्रिय मुद्दामा सत्तापक्ष र विपक्षी दलबीच समझदारी जरुरी रहेको बताए। ‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट जनताले प्रत्यक्ष परिणाम खोजिरहेका छन्। त्यसका लागि काम र परिणाम हामीले दिन जरुरी रहेको छ,’ उनले भने। तीनै तहका सरकार गठनसंगै राष्ट्रपति र सभामुखको निर्वाचन पछि मुलुकको निर्वाचनको चक्र सकिएको भन्दै सरकारको चुनौती सुशासन, स्थायित्व र विकासलाई गति दिनु भएको बताए।

प्रदेश ३ को राजधानी हेटौंडा नै कायम रहने दोहोर्‍याउदै उनले हल्लाको भरमा नसर्ने बताए। ‘हेटौंडा राजधानी कायम भएर काम सुरु भइसकेको छ,’ उनले भने, ‘राजधानीको अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभाको हो। बाहिर गरिएको प्रचारबाजी र हल्लाको आधारमा सर्दैन।’ उनले प्रदेश ३ नम्बर प्रदेशको राजधानी हेटौंडा हुदाँ आफू खुशी रहेकोबताए। दाहालले आफ्नो पार्टीका मन्त्रीहरु प्रदेशको राजधानीमा बसेर काम गरिरहेको भन्दै प्रशंसा समेत गरे।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )