Daily Archives: 21/03/2018

गिरिजाप्रसाद कोइरालालाई सम्झँदा


सुरेन्द्र काफ्ले
गिरिजाप्रसाद कोइराला स्मृति दिवस
काठमार्डौ : निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको आज ९ वर्ष भएको छ। २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद कोइराला। बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बने। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक गिरिजाप्रसाद प्रधानमन्त्री बने। २०४८ साल जेठ १५ गते पहिलो पटक गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बने। पढ्नेक्रम जारी राख्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, ११ बजे प्रधानमन्त्रीसँग छलफल


७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग आज छलफल गर्दैछन् । प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले प्रदेशले अनेक समस्या झेलेको विषय बाहिर आएपछि प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल


प्रताप बिष्ट
हेटौडा — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सहजढंगले बढिरहेको बताएका छन् । बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनले पार्टी एकता एक महिना भित्र टुंगिने बताए। ‘पार्टी एकता प्रक्रिया सहजढंगले अगाडि बढेको छ। पढ्नेक्रम जारी राख्नुहोस्