नेपालको अबको लक्ष्य ५० ओभरको विश्वकपः पारस खड्का


४ चैत, काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाब्बे यात्रा टुंग्याएको छ । यद्यपि अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित रहृयो र विश्वकप छनोटमा आठौं भयो । ‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का भन्छन्, ‘अबको चार वर्ष हामीले घरेलु क्रिकेटको राम्रो संरचना बनाउन सक्यौं भने अझ सम्बृद्ध हुन्छौं ।’

नेपाल क्रिकेट संघ निलम्बनमा छ । तर, क्रिकेट संघको विधान संशोधन गरेर निलम्बन फुकुवा गर्ने प्रयास जारी छ । आईसीसीको तालिकाअनुसार विधान संशोधन भए जुनमा हुने साधारणसभाले नेपालको निल्म्बन फुकुवा गर्नसक्छ । ‘हामीले देशभित्र धेरै खेल खेलाउनुपर्छ र हाम्रो भौतिक पूर्वाधार बनाउनुपर्छ,’ कप्तान पारस भन्छन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा सुरुमा बोर्ड सक्रिय हुनुपर्छ । हामी अझै निलम्बनमा छौं । आश छ कि जुनमा निलम्बन फुकुवा हुन्छ र क्रिकेट संचालन गर्ने सक्षम बोर्ड बन्छ ।’

विश्वकप छनोटको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सँग हार्दै आठौं भयो तर, कप्तान पारस यो साता नेपालले हात पारेको उपलब्धीप्रति खुसी छन् । यो उनको व्यक्तिगत र टीम दुबैको सपना थियो । पारसले भने, ‘एक दिन हामी टेष्ट नेशन बन्छौं । शायद यसका लागि ८-१० वर्ष लाग्ला । तर, अबको हाम्रो गोल ५० ओभरको विश्वकप हो ।’
(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )