Daily Archives: 18/03/2018

लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ वार्षिक उत्सव आउँदो मार्च २३ तारिख सम्पूर्ण माचुले निमन्त्रणा ।


कुबेत नेपालडटकम

लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ बार्षिक उत्सवको तयारी पुरा भएको छ । आउँदो मार्च २३ तारिखका दिन मनाउन लागीएको पाँचौ वार्षिक उत्सव तथा नयाँ वर्ष २०७५ सालको भित्तेपात्रोको बिमोचन र शुभकामना आदान प्रदान गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको संस्थाका अध्यक्ष रुपेन बिक्रम हमालले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सुनसरीको मधुवनमा भीषण आगलागी, ८२ घर जलेर नष्ट


४ चैत, इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको क्षति भएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

एघार वर्षमा माओवादीकै ९५ मन्त्री


रामकृष्ण अधिकारी
काठमाडौं : ०६२÷६३ को जनआन्दोलनयता माओवादी केन्द्रका मात्रै ९५ जनाले मन्त्री बन्ने अवसर पाएका छन् । ०४६ सालयता सरकारमा ‘हालिमुहाली’ गरेका कांग्रेस-एमालेभन्दा ११ वर्षको अवधिमा बढी मन्त्री उत्पादन गर्ने पार्टी माओवादी बनेको छ । दोस्रो जनआन्दोलनपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माओवादी पहिलोपटक सरकारमा सहभागी भएको हो । त्यसयताको ११ वर्षमा ११ वटै सरकार बनेको छ भने ८ वटामा माओवादी सहभागी छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको अबको लक्ष्य ५० ओभरको विश्वकपः पारस खड्का


४ चैत, काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गर्दै नेपाली क्रिकेट टोलीले जिम्बाब्बे यात्रा टुंग्याएको छ । यद्यपि अन्तिम खेलमा नेदरल्याण्डसँग पराजित रहृयो र विश्वकप छनोटमा आठौं भयो । ‘एकदिवसीय मान्यता पाउनु एउटा कुरा हो तर, हामी दृढ र थप बलियो बन्नुपर्छ,’ कप्तान पारस खड्का भन्छन्, ‘अबको चार वर्ष हामीले घरेलु क्रिकेटको राम्रो संरचना बनाउन सक्यौं भने अझ सम्बृद्ध हुन्छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

श्रममन्त्रीका ३ चुनौती


होम कार्की
काठमाडौँ — ऊर्जामन्त्री हुँदा लोडसेडिङ घटाएर चर्चामा आएका गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रश्न उब्जिएको छ, ‘के उनले आफ्नो प्रतिष्ठा जोगाउन सक्लान् ?’ बेथितिले भरिएको श्रम मन्त्रालयको जिम्मेवारीमा जति श्रममन्त्री आए, अपवादबाहेक सबै आर्थिक रूपमा विवादमुक्त हुन सकेनन् । वैदेशिक रोजगारीको व्यवस्थापन र विदेशमा कार्यरत ४० लाख नेपालीको हित सुरक्षाका पक्षमा उनले देखिने गरी नतिजा देखाउने अवसर छ । आन्तरिक श्रम बजार र श्रमिकको हित हुने गरी सामाजिक सुरक्षाको काम गर्नुपर्ने भए पनि विष्टको सबभन्दा बढी समय वैदेशिक रोजगारको व्यवस्थापनमै खर्च हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्