Daily Archives: 15/03/2018

पदमुक्त प्रधानन्यायाधीशले बुझाए राष्ट्रपतिसमक्ष राजीनामा


काठमाडौं : बुधबार पदमुक्त गरिएका प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन्। पराजुलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका उपसचिव केशव घिमिरेले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । उनले राजीनामा बुझाउँदै आफूलाई पदमुक्त गर्ने न्यायपरिषद् सचिवद्वारा हस्ताक्षरित पत्र बदर गर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

न्यायालयमा ‘सर्वोच्च’ भाँडभैलो


यम विरही
म हट्ने भन्ने कुरै छैन : पराजुली, पेसी मै तोक्छु : जोशी

काठमाडौं : प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी गरेका छन् । जोशीले सर्वोच्च अदालत पुगेर न्यायाधीशहरूलाई मुद्दाको पेसी तोक्ने बताएका हुन् । ‘पेसी तोक्न सर्वोच्च प्रशासनका ‘स्टाफ’बाट मकहाँ सूची आइपुगेको छ’, जोशीले भने, ‘अदालतमा गएर पेसी तोक्ने काम हुन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

चेल्सीलाई हराउँदै बार्सिलोना क्वाटरफाइलनमा, मेस्सीले पुर्‍याए १०० गोल


१ चैत, काठमाडौं । चेल्सीलाई ३-० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । पढ्नेक्रम जारी राख्नुहोस्