उत्तम काप्री
काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन विमानस्थलको एअर ट्राफिक कन्ट्रोलमा सोमबार कार्यरत कर्मचारीहरूलाई ‘ड्युटी अफ’ गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाअघि विमानका पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्वादको अडियो सार्वजनिक भएपछि प्राधिकरणले ६ जना कर्मचारीलाई बिदा दिइएको हो। गोप्य रहने उक्त अडियो इन्टरनेटमा लिक भएपछि छानबिनलाई सहज होस् भनेर तत्कालका लागि उनीहरूलाई कामबाट बिदा दिइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनीहरूलाई निलम्बन वा अन्य कुनै कारबाही भने गरिएको होइन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/03/2018
विमानस्थलको गोप्य अडियो लिक : एअर ट्राफिक कन्ट्रोलरलाई ‘ड्युटी अफ’
Posted in नेपाल समाचार
न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश आफैंले पेशी सूचि तोके
चोलेन्द्रलाई दिएनन् इजलास
कृष्ण ज्ञवाली
काठमाडौँ — न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुको सुझाव लत्याउँदै मंगलबार आफैंले पेशी सूचि तोकेका छन् । साथै आफ्नै लागि एउटा संयुक्त इजलास समेत गठन गरेका छन्। तर, उनको जन्ममिति विवादमा प्रश्न उठाउने न्यायाधीश चोलेन्द्रशमशेर राणलाई भने इजलास तोकेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार