४६ प्रतिशत बिशेषज्ञ चिकित्सक लाइसेन्समा फेल


भिषा काफ्ले
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सको रुपमा काम गर्न दिने अनुमति (लाइसेन्स) परिक्षामा ४६ प्रतिशत चिकित्सक फेल भएका छन् ।  परिक्षामा सहभागी बिभिन्न ३९ बिधाका ३ सय १८ जना चिकित्सक मध्ये शनिबार राति प्रकाशित नतिजा अनुसार १ सय ७३ जना मात्र पास भएको काउन्सिलका प्रबत्ता डा कृष्ण अधिकारीले बताए । परिक्षामा सामेल भएका मध्ये ४६ प्रतिशत फेल र ५४ दशमलव ४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

पछिल्लो समय काउन्सिलबाट लिइने लाइसेन्स परिक्षामा कम संख्यामा उत्तीर्ण हुन थालेका छन् । विगतमा बिदेशमा पढेर आएका चिकित्सक बढी फेल हुने गरेकोमा अहिले नेपालमै पढेका पनि धेरै फेल हुने गरेको काउन्सिलको तथ्यांकले देखाएको छ । नयाँ सहभागी भन्दा विगतमा धेरैपटक सामेल भइसकेका चिकित्सकहरु नै बढी फेल भएको डा. अधिकारीले बताए ।

यसअघि काउन्सिलले लिएको एमबीबीएस र बीडीएस पढेका चिकित्सकको परिक्षामा पनि न्यून संख्यामा पास भएका थिए । काउन्सिलले लिएको ४ मंसिरको उक्त परिक्षामा एमबीबीएसतर्फ १२ सय २ सहभागी मध्ये ४ सय ६१ जनाले मात्र पास गरेका थिए । उक्त संख्या ३८ प्रतिशत मात्र हो । बीडीएसतर्फ ८५ सहभागी मध्ये ४३ जना पास भएका थिए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )