Daily Archives: 11/03/2018

बोक्सी आरोपमा कुटिएकी राधाको उपचार खर्च सरकारले व्यहोर्ने


राधा चौधरी
दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
२७ फागुन, काठमाडौं । बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका-५ की राधा चौधरीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । साथै चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट आइतबार जारी विज्ञप्तिमा लेखिएको छ, पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले आज विश्वासको मत लिने


काठमाडौं : प्रधानमन्त्री केपी ओलीले आइतबार संसद्मा विश्वासको मत लिँदै छन्। राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन्। वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन्। ठाकुरले आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी संसद्मा गराए। पढ्नेक्रम जारी राख्नुहोस्

४६ प्रतिशत बिशेषज्ञ चिकित्सक लाइसेन्समा फेल


भिषा काफ्ले
काठमाडौँ — नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सको रुपमा काम गर्न दिने अनुमति (लाइसेन्स) परिक्षामा ४६ प्रतिशत चिकित्सक फेल भएका छन् ।  परिक्षामा सहभागी बिभिन्न ३९ बिधाका ३ सय १८ जना चिकित्सक मध्ये शनिबार राति प्रकाशित नतिजा अनुसार १ सय ७३ जना मात्र पास भएको काउन्सिलका प्रबत्ता डा कृष्ण अधिकारीले बताए । परिक्षामा सामेल भएका मध्ये ४६ प्रतिशत फेल र ५४ दशमलव ४ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

पछिल्लो समय काउन्सिलबाट लिइने लाइसेन्स परिक्षामा कम संख्यामा उत्तीर्ण हुन थालेका छन् । विगतमा बिदेशमा पढेर आएका चिकित्सक बढी फेल हुने गरेकोमा अहिले नेपालमै पढेका पनि धेरै फेल हुने गरेको काउन्सिलको तथ्यांकले देखाएको छ । नयाँ सहभागी भन्दा विगतमा धेरैपटक सामेल भइसकेका चिकित्सकहरु नै बढी फेल भएको डा. अधिकारीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्