तमू समाज कुवेतको आयोजनामा पाचौ रक्तदान कार्यक्रम सम्पन्न (१३२) जनाले रक्तदान गरे


सुरेश गुरुङ,कुबैत

“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतले  आज ९ मार्च २०१८ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा उल्लेख्य कुवेतवासी नेपालीहरुको सहभागिता रहे पनि रक्तदान गर्न भने (१३२) जना मात्र सफल भएका छन ।

कुवेतका लागि नेपाली राजदूत महामहिम श्री यज्ञबहादुर हमाल साथ मा राजदुत धर्मपत्नी रीता हमाल, नेपाली राजदुताबास परिवार, र सेन्ट्रल ब्लड बैंक कुवेतको प्रतिनिधि ( Dr Osama Sharawy) द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरिएको कार्यक्रममा महामहिम राजदूतले तमू समाजले गरेको यस मानविय कार्यको लागि आयोजक र सहभागी हुन आउने सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै रक्तदान आँफैमा पुण्य काम हो भने यस्ता किसिमको मानबिय कार्यले कुवेत सरकार सँग नेपालीहरुको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने विश्वास दिलाउनु भयो, साथै रक्तदान कार्यक्रमको आयोजना गरी सम्पूर्ण नेपालीहरुलाई पुण्य प्राप्त गर्ने अवसर जुटाएकोमा आयोजक तमू समाज, कुवेतलाई धेरै धेरै धन्यवाद दिनु भयो । मन्तब्यकै क्रममा ( Dr Osama षरवी) ले जीबनमा यो भन्दा राम्रो कार्य अरु नहुने बताउँदै यहाँहरुको खुलेर स्वागत गर्दछु भनियो ।

समाजका उपअध्यक्ष राजु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष एवं पाचौ रक्तदान कार्यक्रमका संयोजक खोप गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने कार्यको तमू समाज, कुवेतले आजोजना गर्न गैरहेको र उक्त कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास, नेपाली सँघ-संस्था, बुद्धीजिबी एवं पत्रकार,सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सबैलाईलाई धन्यवाद ज्ञापन गर्नु भयो।कार्यक्रम बेलुकी ६:३०बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो।

कार्यक्रम सम्योजक: खोप गुरुङ (अध्यक्ष, तमू समाज, कुवेत)
औपचारिक कार्यक्रम संचालक: राजु गुरुङ ( उपअध्यक्ष तमू समाज, कुवेत)
प्रमुख अतिथि: महामहिम राजदुत यज्ञबहादुर हमाल, (नेपाली राजदुताबास, कुवेत)
अतिथी सेन्ट्रल ब्लड बैंकका प्रतिनिधि:(Dr Osama Sharawy)
अन्य अतिथिहरु: नेपाली राजदुताबास कुवेतका कर्मचारी ज्यूहरु, बिभिन्न सँघ सस्थाका प्रमुखहरु साथै प्रतिनिधीहरु, बुद्धीजिबीहरु, पत्रकार ज्यूहरु र स्वयंसेबी रक्तदाताहरु
औपचारिक कार्यक्रमको समापन: मन्तब्य सहित सम्योजक खोप गुरुङ द्वारा गरिएको ।

“रगतदान जीबनदान” भन्ने पवित्र मानबिय कार्यक्रम लाई सब्य र भब्य गर्न को लागि बिशेष सहयोगीहरु सहयोग गर्नु भएको छ ।

रक्तदान कार्यक्रमका बिशेष सहयोगीहरु:

१, राप्ती भेरी कर्णाली एकता समाज कुवेत,फलफुल साथै जुस,सौजन्य
२, बिषणु परियार (समाजसेवी कुबेत)
३, यादव श्रेष्ठ (समाजसेवी कुबेत)
४, जय आले मगर (पत्रकार, समाजसेवी कुबेत )
५, डम्बर रिमाल,(माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव कुबेत सचिब,पत्रकार)
६, उमा तमुस्यो,(समाजसेवी कुबेत)
७, रबी गुरुङ (समाजसेवी कुबेत )
८, प्रेम गुरुङ,(चौतरी रेस्टोरेंट संचालक)
९, अमृत गुरुङ, (सल्लाहकार तमु समाज कुवेत)ब्यानर सौजन्य
१०, विर माया तमुस्यो,(सल्लाहकार तमु समाज कुवेत)
११, सुमन तमुस्यो,(सल्लाहकार तमु समाज कुवेत)
१२, सन्तोष,गुरुङ (डेनी),(सदस्य तमु समाज कुबेत)
१३, अमृत गुरुङ,(सदस्य तमु समाज कुबेत)
१४, कृष्ण गुरुङ,(सदस्य तमु समाज कुबेत+गिता भुजेल)
१५, मगर समाज कुबेत

स्वयंसेवी रक्तदाताहरुको तथ्यान्क

१, पुरुष स्वयंसेवी रक्तदाताहरु: (१०५जना)
२, महिला स्वयंसेवी रक्तदाताहरु: (२७जना)
३, जम्मा स्वयंसेवी रक्तदाताहरु: (१३२जना)

प्री मेडिकल चेक जाँचको क्रममा डाक्टर द्वारा तत्काल रक्तदान गर्न बेरुजु (Rejected) गरिएको ईच्छुक रक्तदाताहरुको सन्ख्या: (१५ जना)

यातायात ब्याबस्थान:

१, किरण गुरुङ,(सदस्य तमु समाज कुबेत)
२, प्रसाद गुरुङ,(सदस्य तमु समाज कुबेत)
३, पदम गुरुङ,(सदस्य तमु समाज कुबेत)
४, रमेश गुरुङ,(सदस्य तमु समाज कुबेत)

केही रोचक पक्षहरु:
नेपाली राजदुताबासका दुतिया सचिव ज्ञान बादुर मगर, श्रम सहाचारि ज्ञानेंद्र शर्मा, सहचारी मनोज सिंह, द्वारा रक्तदान

२ दम्पतीहरु द्वारा रक्तदान :

१) राजु गुरुङ र संगिता गुरुङ
२) डम्बर रिमाल र नर्वदा वाग्ले

भारत, श्रीलन्का, र फिलिपिन्स लगाएत बिदेशी नागरिकहरुले पनि रक्तदानमा सहभागी भएको थिए।

नोट : Blood Donors Name List यदी कुनै रक्तदाताको नाम छुटन गएमा वा नाम गलत लेखिएको भए सम्बन्धित ब्याक्तिहरुल सँग फोन संपर्क गरी सच्याउन हुन अनुरोध गर्दछौ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w