Daily Archives: 07/03/2018

दुईतिहाइको सरकार


रामकृष्ण अधिकारी
काठमाडौं : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ। फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको हो। संसद््मा कुल २७५ सांसदमध्ये एमाले–माओवादी केन्द्रको १७४ अर्थात् ६३ दशमलव २३ प्रतिशत सांसद छन्। संघीय समाजवादी फोरमले पनि सरकारमा जाने निर्णय गरेपछि अब ओली नेतृत्वको सरकारसँग १९० सांसद पुग्नेछन्। जुन कुल सांसदको ६९ दशमलव ०९ प्रतिशत हुन आउँछ। पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसको तर्फबाट राष्ट्रपति उम्मेदवारमा कुमारी लक्ष्मी राई


कुलचन्द्र न्यौपाने
काठमाडौँ — नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रिय कार्यसमिति बैठकले भोजपुरकी कुमारी लक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामनारायण यादवले दिएको जानकारी अनुसार कार्यसमिति बैठकले शहीद देवनसिंह राईकी छोरी लक्ष्मी राईलाई औपचारिक रुपमा कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी नेपाली कांग्रेसकी पूर्व सांसद तथा पूर्व केन्द्रिय सदस्यसमेत हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

पाचौ रक्तदान कार्यक्रमको तयारी पुरा, रक्तदाता हरु लाई  निशुल्क यातायातको सेवा


कुबेत नेपालडटकम

“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्धारा सम्पन्न हुन गै रहेको सामुहिक पाचौ रक्तदान कार्यक्रम आगामी शुक्रबार मार्च ९ तारिक रक्तदान कार्यक्रम” मा जान आउनको निम्ती निशुल्क यातायातको ब्याबस्था गरिएको हुनाले ईच्छुक रक्तदाताहरुले सम्बन्धित माथि दिएको पोस्टर को ब्याक्ती हरु लाई संपर्क गर्नु होला । पढ्नेक्रम जारी राख्नुहोस्