जीसीसीको नयाँ नियम: कामदारको भिसा रोकियो


होम कार्की
जीसीसीलाई स्वास्थ्य परीक्षण रकम पठाउन सरकारले अनुमति दिएन -साउदी, ओमन र बहराइन जानेले परीक्षण गर्न पाएनन्
काठमाडौँ — नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको साउदी अरब, ओमन र बहराइन जाने नेपालीको भिसा प्रक्रिया रोकिएको छ । यी देशमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्न नपाएपछि भिसा रोकिएको हो । रोजगारका लागि छनोट भइसकेका कामदार स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले अनलाइनमार्फत फाराम भर्नुपर्ने र त्यसका लागि क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्नुपर्ने नियम लागू गरेपछि मार्च १ बाट स्वास्थ्य परीक्षण हुन सकेको छैन । यी देश जाने कामदारले स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टरलाई ५५ सय रुपैयाँ बुझाउनुपर्छ । १० डलर यसबाहेकको थप शुल्क हो ।

यसअघि जीसीसीबाट अनुमतिप्राप्त गाम्का नेपालले सिधै कामदारको स्वास्थ्य परीक्षण गर्न पाउँथे । जीसीसीले एक वर्ष अघिदेखि नै दर्ता शुल्कबापत प्रतिव्यक्ति १० डलर लिने निर्णय गरेको थियो । ‘यो शुल्क जीसीसीको खातामा पठाउन सरकारले अनुमति दिएन,’ गाम्का नेपालका मोहन चौलागाईंले कान्तिपुरलाई भने, ‘सरकारले अनुमति नदिएपछि सिधै अनलाइनमार्फत शुल्क बुझाउनुपर्ने नियम ल्याएको हो ।’ अनलाइनमार्फत शुल्क बुझाएपछि मात्रै कामदारले स्वास्थ्य परीक्षण गर्ने बाटो खुल्ने चौलागाईंले बताए । अनलाइन भुक्तानीबाट स्वास्थ्य परीक्षण गरेका कामदारको रिपोर्टलाई मात्रै नेपालस्थित साउदी दूतावासले भिसा प्रक्रियाका लागि अनुमति दिने गर्छ ।

अल्खलिज मेडिकल सेन्टरका सञ्चालकसमेत रहेका चौलागार्इंले अनलाइनमार्फत रकम बुझाएको रसिद बोकेर आउनेको मात्रै स्वास्थ्य परीक्षण हुने बताए । ‘नयाँ नियम लागू भएपछि मेरो मेडिकलमा अनलाइनमार्फत भुक्तानी गरेको रसिद बोकेर कोही आएका छैनन्,’ उनले भने । साउदीका लागि छानिएका भोजपुरका पृथ्वी राई स्वास्थ्य परीक्षण गर्न नपाउँदा काठमाडौंमा एक सातादेखि भाैंतारिइरहेको बताए । ‘एक दिनमै काम हुन्छ भनेर आएको थिएँ । यहाँ आएपछि मात्रै क्रेडिट कार्डबाट डलरमा रकम भुक्तानी गर्नुपर्छ भन्ने थाहा पाएँ । त्यसका लागि डलर खाता हुनुपर्छ रे,’ राईले भने, ‘अब डलर खाता कहाँबाट बनाउने हो ? तनाव भइरहेको छ ।’

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहण गुरुङले स्वास्थ्य परीक्षणका नाममा कामदारमाथि थप भार पर्ने कार्यलाई सरकारले रोक्नुपर्ने बताए । ‘अनलाइनमार्फत सोझै १० डलर लिएर कामदारमाथि शोषण गर्न थालियो,’ उनले भने, ‘कूटनीतिक माध्यममार्फत सरकारले अविलम्ब छलफल गर्नुपर्छ ।’ संघका अनुसार साउदी अरब, बहराइन, ओमन र मलेसिया जाने लाखौं नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा असुली गरी वार्षिक ४५ करोड रकम नेपालबाट बाहिरिने गरेको छ ।

स्वास्थ्य परीक्षण गर्दा कुन देशमा कति
साउदी अरब, बहराइन र ओमन
अनुमतिप्राप्त मेडिकल संस्था : १२
स्वास्थ्य परीक्षण शुल्क रु : ५५ सय
दर्ता शुल्कबापत छुट्टै : १० अमेरिकी डलर (लिन लागिएको)
प्रतिश्रमिकको कुल लागत रु : ६५ सय
मलेसिया
अनुमतिप्राप्त मेडिकल सेन्टर : ३७
स्वास्थ्य परीक्षण शुल्क रु : ४५ सय
दर्ता शुल्क छुट्टै : ३० अमेरिकी डलर
प्रतिकामदार कुल लागत रु : ७५ सय
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w