काठमाडौं – नेपालबाट हराएका उमा महेश्वर र भगवान बुद्धको पूर्णकदको मुर्ति न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयले नेपाल फिर्ता गराउने भएकाे छ। उक्त मुर्ति नेपाल सरकारलाई हस्तान्तरण गर्नका लागि मेट्रोपोलिटन कला संग्रहालयले एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/03/2018
अमेरिकामा फेला परेका मुर्ति नेपाल फर्किने
Posted in प्रवासी समाचार
प्रचण्डसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रीले भने- ‘आतंकवाद दक्षिण एसियाको साझा शत्रु’
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता भएको छ। भेटका अवसरमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अब्बासीबीच नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जीसीसीको नयाँ नियम: कामदारको भिसा रोकियो
होम कार्की
जीसीसीलाई स्वास्थ्य परीक्षण रकम पठाउन सरकारले अनुमति दिएन -साउदी, ओमन र बहराइन जानेले परीक्षण गर्न पाएनन्
काठमाडौँ — नेपाली कामदारको प्रमुख गन्तव्य मानिएको साउदी अरब, ओमन र बहराइन जाने नेपालीको भिसा प्रक्रिया रोकिएको छ । यी देशमा जाने कामदारले स्वास्थ्य परीक्षण गर्न नपाएपछि भिसा रोकिएको हो । रोजगारका लागि छनोट भइसकेका कामदार स्वास्थ्य परीक्षणमा सफल भएपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ । गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले अनलाइनमार्फत फाराम भर्नुपर्ने र त्यसका लागि क्रेडिट कार्डमार्फत १० डलर भुक्तानी गर्नुपर्ने नियम लागू गरेपछि मार्च १ बाट स्वास्थ्य परीक्षण हुन सकेको छैन । यी देश जाने कामदारले स्वास्थ्य परीक्षणका लागि मेडिकल सेन्टरलाई ५५ सय रुपैयाँ बुझाउनुपर्छ । १० डलर यसबाहेकको थप शुल्क हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार