शेखर अधिकारी
काठमाडौँ — कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ४४ मत ल्याई सोमबार संसदीय दलको नेता चयन भएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा उनका प्रतिष्पर्धी पूर्वमहामन्त्री प्रकाशमान सिंहले मात्र १९ मत प्राप्त गरे। सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन थियो। सभापति देउवा र पूर्वमहामन्त्री सिंहले आइतबार साँझ संसदीय दलको नेताका लागि आ-आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/03/2018
देउवा संसदीय दलको नेता चयन
Posted in नेपाल समाचार
विश्वकप छनोट : नेपाल जिम्बाव्बेसँग ११६ रनले पराजित
काठमाडौं – आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बाव्बेसँग ११६ रनले पराजित भएको छ।
३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो। नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले ६ रन बनाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज आउँदै
खगेन्द्र भण्डारी
काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन् । प्रधानमन्त्री केपी ओलीसँग अब्बासीले गर्ने भेटवार्ता सार्क सक्रिय बनाउनेमा केन्द्रित हुने अनुमान गरिएको छ । नेपालमा १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनपछि सरकार प्रमुखका रूपमा पहिलो पटक पाकिस्तानका प्रधानमन्त्री अब्बासी नेपाल आउँदै छन् । अब्बासीको भ्रमण र एजेन्डा’bout नेपालले केही उल्लेख नगरे पनि पाकिस्तानले भने सार्क दक्षिण एसियाको महत्वपूर्ण क्षेत्रीय संगठन भएकाले यसलाई प्रभावकारी बनाउन छलफल हुने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । १९ औं सार्क सम्मेलन सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा गर्ने तय भए पनि अन्तिम समयमा भारतले सहभागी नहुने सूचना दिएपछि स्थगन भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चितवन सेवा समाज कुवेतको अधिवेशन संगै अध्यक्षमा पुन नबीन लोप्चन चयन
बसन्त थापा,कुबेत
शुक्रवारका दिन अल हैतम रेष्टुरेन्टमा चितवन सेवा समाज कुवेतको एतिहासिक अधिवेशन तथा सम्मान कार्यक्रम भब्यरूपमा सम्पन्न भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेको संसदीय दलको नेता चयनका लागि निर्वाचन सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान १० बजेदेखि निर्वाचन सुरु भएको हो । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
संघीय संसद्ले काम थाल्दै
दुर्गा खनाल
२६ गते सभामुख चुनाव
२७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने
३० गते राष्ट्रिय सभा अध्यक्ष चुनाव
काठमाडौँ — निर्वाचन सकिएको झन्डै तीन महिनापछि संघीय संसद्ले औपचारिकता पाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूले आइतबार ज्येष्ठ सदस्यबाट शपथ लिएका छन् । यससँगै नयाँ संविधान जारी भएपछिको संसद्ले सोमबारबाट औपचारिक रूपमा काम थाल्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार