हाम्रो संचार डटकम ले दोस्रो वार्षिक उत्सब मनायो । (तस्बिरहरु सहित)


हाम्रो संचार डटकम

सन् २०१६ जनवरी २९ को दिनदेखि औपचारिक रुपमा आफ्नो प्रकाशन शुरु गरेको हाम्रोसंचार डटकमको दोस्रो वार्षिक उत्सव समारोह आज सम्पन्न भएको छ फर्वानिया स्थित अल हैतम रेष्टुरेन्टमा आयोजित वार्षिक उत्सव समारोहको उद्घाटन कुवेतका लागि महामहिम नेपाली राजदुत यज्ञबहादुर हमाल , रिता हमाल , नेपाल पत्रकार महासंघका प्रतिनिधि नारायण पोख्रेल , सलाहाकार रवी बन्जाडे ,टिकाराम आचार्य, बिष्णु परियार सहित गोपाल शिवाले सयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी , केक काटेर गरेका थिए ।

हाम्रो संचार डटकमका प्रधान सम्पादक गोपाल शिवाको सभापतित्वमा सम्पन्न दोस्रो वार्षिक उत्सवको प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत महामहिम यज्ञबहादुर हमाल ,विशेष अथितिमा रिता हमाल, नेपाल पत्रकार महासंघका प्रतिनिधि नारायण पोख्रेल रहेका थिए । अथितिहरुमा खोप गुरुङ , रवी बन्जाडे , सुरज मास्के , दिल स्यन्ग्बो ,राजेन्द्र बिरही ,जय आले , शिब घमाल , रुपेन हमाल ,जीबन सुनार, हितकाजी चन्द्र , प्रवासी नेपाली मंचका प्रतिनिधि , सुदुर पश्चिम सेवा समाजका मान बहादुर , टिकाराम आचार्य हुनु हुन्थियो भने कार्यक्रमको संचालन सलाहाकार समेत रहनु भएका गणेश रावतले गरेका थिए ।कार्यक्रममा दोस्रो वार्षिक उत्सवका संयोजक तथा हाम्रो संचार डटकमका सम्पादक प्रदिप नेपालीले हाम्रो संचारको ’boutमा जानकारी सहित नेपाल बाट सस्थापक संरक्षक आश बहादुर नेपालीले पठाउनु भएको सुभकामाना पढेर सुनाएका थिए भने सह सम्पादक कमल सिंह ठकुरी सिम्तालीले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा हाम्रो संचार डटकमको टिमसहित विभिन्‍न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । आगामी दिनमा तपाइको जिज्ञाशा हाम्रो जवाफ साप्ताहिक चेतनामुलक भिडियो कार्यक्रम संचालन गरिने जानकारी समेत दिइएको यस कार्यक्रममा हाम्रो संचार डटकमले कुवेतलाई कर्मथलो बनाई समाजमा योगदान पुर्याउदै आएका विशिष्ठ व्यक्तिहरू लाई सम्मान गरिएको थियो। नेपाली समाज प्रति चिन्तलशील रही नेपाल र नेपाली समूदायको भावनाको समुचित प्रतिनिधित्व गर्दै बिदेशमा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन, विकास र उत्थानका लागि निरन्तर क्रियाशील रहँदै नेपाललाई विश्वमा चिनाउन र पर्यटनको बिकास गर्ने प्रेरणादायि काम गरिरहनु भएको भुमिका र अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै रिता हमाल , समाजमा आफनो अमुल्य योगदान पुर्याउदै आएका लुम्बिनी समाज एव सिन्धुपाल्चोक सेवा समाज ,यसैगरी नेपालीहरुको हकहितमा पत्रकारिता गर्ने पत्रकार हरिकृष्ण न्यौपाने , टिप्पणीकार तथा स्तम्भकार नारायण पोख्रेल , महिला पत्रकार नैनाकला राई ,फोटो पत्रकार सुरेश गुरुङ,पत्रकार कमल सिह ठकुरी सिम्ताली एव व्यवसायी तथा समाजसेवी सुरज मास्के, बिष्णु परियार लाई प्रमुख अतिथि नेपाली राजदुत महामहिम यज्ञबहादुर हमालको हातबाट दोसल्ला ओढाई प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि हमालले पत्रिकाको उत्तरोतर प्रगतिको शुभकामना मन्तव्य दिदै कुबेतको नेपाली समाजमा पत्रकारिता लाई स्वच्छ मर्यादित ढगमा लैजानका लागी सत्य तथ्य निष्पक्ष पत्रकारितामा गर्दै अघि बढन पर्ने सुझाव दिएका थिए । यसै गरि बिशेष अतिथि एवं पत्रकार महासंघका प्रतिनिधि नारायण पोख्रेल ,जन एकता सेवा समाजका प्रतिनिधि घन श्याम बास्कोटा, कुबेत नेपाली एकता समाजका खुम बहादुर रायमाझी ,लाली गुरास सास्कृतिक परिवारका माधव पौडेल , नेपाल कुबेत सरोकार समाजका दिल स्यन्ग्वो ,समाजसेवी राजेन्द्र बिरही ,नेपाल जनप्रगतिशील मंचका युवक राई ,समाजसेवी सुरज मास्के,बिष्णु परियार ,सलाहाकार खोप गुरुङ , रवी बन्जाडे लगायत बिभिन्न संघ सस्थाका वक्ताहरुले सञ्चारकर्मी सबैले हातेमालोमा जोड दिएका थिए भने लगनशिल र निडर भएर सत्य तथ्य निरन्तर कलम चलाउन सुझाव दिएका थिए ।समाज परिवर्तनमा सञ्‍चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै गल्फ डिसी डटकमका पत्रकार माधव शाही , परदेशी खबरका दिल पाख्रिन ,पाथिभारा डटकमका रिदम राईले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्नुका साथै सकारात्मक पक्षलाई जनतासमक्ष पुराउन आवश्यक रहेको बताएका थिए ।

त्यस्तै गरि बिशेष अतिथि रिता हमालले नेपाली कला र संस्कृतिलाई प्राथमिकतामा राखेका बताउदै नेपाली कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफुले महामहिम राजदुतको सल्लाहा , साथ र सुझाबमा बिभिन्न कार्यक्रम गर्दै आएको एव पर्यटन र सांस्कृतिक यी कार्यक्रमका माध्यमबाट द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा योगदान पुग्ने बताउनुभयो । कार्यक्रमको अन्त्यमा सभापति गोपाल शिवा ले दोस्रोबर्ष सफलता पूर्वक सम्पन्न गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )