रामकला खड्का
क्रमशः कञ्चन अमात्य र आयुषी केसी
काठमाडौं : एसियाका ‘तीस वर्षमुनिका ३० प्रभावशाली व्यक्ति’को सूचीमा दुई नेपाली महिला परेका छन्। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी एसिया’ सूचीमा आयुषी केसी र कञ्चन अमात्य प्रभावशाली सामाजिक उद्यमीका रूपमा सूचीकृत भएका हुन्। सूचीमा नाम परेकी आयुषीले भनिन्, ‘मलाई गर्वको अनुभूति त भएकै छ, यसले आत्मविश्वास पनि बढाएको छ।’ खालीसिसी व्यवस्थापन प्रालि (खालीसिसी डट कम) की संस्थापक एवं मुख्य कार्यकारी अधिकृत आयुषीले नेपालको खालीसिसी तथा अन्य फोहोर संकलन प्रक्रियालाई ‘डिजिटल प्ल्याटफर्म’ दिने काम गरेकी छन्। खालीसिसी र पुराना कागज संकलन गर्ने व्यक्तिले समाजमा सम्मान नपाउने गरेको सन्दर्भमा यही कामले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले खुसी लागेको उनले बताइन्। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: मार्च 2018
३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा दुई नेपाली महिला
Posted in विविध
किम चीन पुगेको पुष्टि, सी जिनपिङलाई भेटे
१४ चैत, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलेको छ ।
किम सुटुक्क चीन गएको अपुष्ट खबरहरु प्रकाशमा आइरहेका बेला चिनियाँ सरकारी समाचार सेवा सिन्ह्वा र उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसको पुष्टि गरेका हुन् । सन् २०११ मा मुलुकको राज्यसत्ता सम्हालेयता कुनै पनि देशको भ्रमण नगरेका किम पहिलो पटक चीन पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
गोरीकला हत्यामा प्रहरी पनि संलग्न
प्रकाश अधिकारी
सुर्खेत — एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो । प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई उनीसँग भेट गराइदिएको बास्तोलाले बयानका क्रममा भनेका छन् । गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि टाढा जंगलनजिक बसेर मदिरासहित खाजा नास्ता खाएका थिए । उनीहरुलाई त्यहाँ छाडेर बास्तोलाको नजिकैको गाउँमा भोजमा गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
खैनी–चुरोट बोकेर मन्त्रालय प्रवेश निषेध
काठमाडौं – निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन् । मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिबाना तिर्नुपर्ने हुन्छ। सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ । तर स्वास्थ्य मन्त्रालयको गेटमै सुर्तीजन्य पदार्थ किनबेच हुन्छ भने क्यान्टिनमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र सेवाग्राहीले धूमपान गरिरहेको देखिन्छ। स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले कानुन बने पनि व्यवहारमा खुलेआम यस्ता पदार्थको प्रयोग नघटेपछि मन्त्रालयबाटै कानुन कार्यान्वयन गर्न लागेको बताइन्। ‘कानुनले मात्रै भएन, व्यवहारमा पनि सुर्तीजन्य पदार्थले हानि गर्छ भन्ने आत्मबोध हुनुप-यो,’ अर्यालले भनिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
कांग्रेसले ईयूलाई भन्योः मर्यादाभित्रै रहेर गतिविधि गर
१२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।
मिसनले आफ्नो अधिकार बाहिर रहेर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘युरोपली युनियनको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक छन्’ उनले भने ।उनका अनुसार कांग्रेसले यूरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि गर्न पनि सचेत गराएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राउटेको प्रश्न: प्रधानमन्त्रीज्यू हामीले भेट्न नपाउने ?
शेरबहादुरले झुक्याए, तपाईँले नझुक्याउनु
सुरेन्द्र काफ्ले
काठमाडौँ: जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिने इच्छा पुरा नभएकोमा उनीहरुले चित्त दुखाएका छन् । दैलेखको जंगलबाट अन्नपूर्ण पोस्ट्लाई फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् । ‘के हामीले ओलीलाई भेटन नपाउने ?’, राउटेका मुखिया मैनबहादुर शाहीले प्रश्न गर्दै भने, ‘ओली प्रधानमन्त्री भएकोमा हामीलाई कति खुसी लागेको थियो, उहाँ त हाम्रा प्रधानमन्त्री हुनुहन्छ भनेर सबै खुसी थिए, भेट्न नदिएको जनता रिसाएका छन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार