माउण्ट एभरेष्ट स्पोर्टिङ १६औं बमजन गोल्ड कप को उपाधी पुर्बेली टाईगरको कब्जामा,किरात राई यायोक्खा कुबेत बन्यो उपबिजेता,


कुबेत नेपालडटकम

कुवेतमा पुरानो र ठुलो मानिएको १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सौहार्दपूर्ण बातावरणमा सम्पन्न उपाधी ‘पुर्बेली टाईगर टिम’ले चुमेको छ भने किरात राई यायोक्खा कुबेत उप-बिजेता बनेको छ

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव कुबेत ले आयोजित गरे को १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट मा १२ नेपाली टिमहरुले सहभागीता जनाएको थियो। दोस्रो चरणका सेमीफाईन र फाईनल खेल मा अल्घानिम सेक्युरिटिको बिरुद्द किरात राई यायोक्खा र पुर्वेली टाईगरको बिरुद्द सरोकार समाज-बी को प्रतिस्पर्धाप्रधा भएको थियो।

प्रथम हुने पुर्वेली टाईगर लाई प्रथम पुरस्कार २०१ केडी पैसा, ट्रफी, मेडल, प्रमाण पत्र र द्दित्तीय हुने किरात यायाख्यालाई १०१ केडी मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।भने टुर्नामेण्ट मा १२ नेपाली टिमहरु मध्हे बेस्ट टिम सरोकार समाज-बी ले हात परेका थिए। यसैगरी, १६ औं बमजन गोल्ड कपमा क्लवलाई स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी बिशेष रुपमा सहयोग गर्नुहुने नेपालकुवेत सरोकार समाज, मिडिया सपोर्ट,सहयोगी, सम्पूर्ण सहभागी टिमहरुलाई पनि क्लवले कदर-पत्रले सम्मान गरेको थिए ।

क्लव अध्यक्ष ईन्द्र पोखरेल अध्यक्षतामा सञ्चालित १२ नेपाली टिमहरुले सहभागिता जनाएको १६ औं माउन्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप-२०१८ को सञ्चालन क्लवका सद्स्य ईन्द्र भुसाल सञ्चालन गरेका थिए भने गोल्ड कप संयोजक जय अाले मगर, क्लव तथा बमजन कपका संस्थापक राजेन्द्र तामाङ/गीता तामाङ, नेपाली दुताबास कुवेतका दुतिया सचिव ज्ञान बादुर मगर प्रतिनिधिबाट पुरस्कार वितरण गराईएको थियो ।

कार्यक्रमका अन्तम सभापति तथा क्लव,कोअध्यक्ष ईन्द्र पोखरेल ले “१६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट-२०१8” लाई अति भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी, समाजसेवी, बुद्दिजिबी तथा भद्रभलाद्मी, रेफ्री तथा खेलाडीहरु, पत्रकार तथा कलाकारहरु र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि क्लवबाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरु सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )