‘इन्काउन्टर’मा मारिए मनोज पुन


जनकराज सापकोटा, घनश्याम गौतम
काठमाडौँ — हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुरमा उनी प्रहरीको गोलीबाट मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीको गोली लागेर उनी मारिएको प्रहरीले जनाएको छ ।  रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग आमनेसामने भएपछि उनले गोली प्रहार गरेका थिए । पुनसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ । दुवैको शव रुपन्देहीको अञ्चल अस्पतालमा राखिएको छ ।

सीआईबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपी बसेको सूचना दिएपछि रूपन्देही प्रहरीले सम्भावित स्थानहरुमा खोजी गर्दै जाँदा प्रहरीसँग आमनेसामने भएको र प्रहरीलाई आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

अपराधका लागि मिटिङ गरिरहेको स्थानमा फेला परेको प्रहरीको दाबी छ । एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटनाको लागि नेपाल आएका थिए । सोही सूचना नेपाल प्रहरीले पाएको थियो । उनीहरुको साथबाट प्रहरीले पेस्तोल हतियार समेत बरामद गरेको छ ।

घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए ।

गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरदकुमार गौचनको हत्यामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेल ‘बलु’ को हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए ।

३० वर्षीय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )