Daily Archives: 21/02/2018

‘इन्काउन्टर’मा मारिए मनोज पुन


जनकराज सापकोटा, घनश्याम गौतम
काठमाडौँ — हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुरमा उनी प्रहरीको गोलीबाट मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीको गोली लागेर उनी मारिएको प्रहरीले जनाएको छ ।  रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग आमनेसामने भएपछि उनले गोली प्रहार गरेका थिए । पुनसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ । दुवैको शव रुपन्देहीको अञ्चल अस्पतालमा राखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बहुचर्चित गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको “बैँस जामाले छेकेन” बजारमा(भिडियो सहित)


प्रकाश योगी/काठमाडौ

पछिल्लो समयका चर्चित लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको `छेकेन जामाले ´ बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतलद्धारा पाचौ रक्तदान कार्यक्रम मार्च ९ तारिक बिहान १२ बजेबाट सुरु हुने


कुबेत नेपालडटकम

२१ फेब्रुअरी २०१८,कुबेत रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान कार्यक्रम स्वरुप आगामी मार्च ९ तारिख २०१८ को दिन बिहान १२ बजेबाट जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लोक तथा दोहोरी गायक शक्ति चन्द आज बेलुकि ७:३० बजे कुवेत आइपुग्ने


कुबेत नेपालडटकम

कुवेत – लोक तथा दोहोरी गायक शक्ति चन्द आज कुवेत आउँदै छन् । यही आउँदो फेब्रुअरी २३ तारिख शुक्रवार हुने दर्शन ठकुरी समाजको ‘चौथो वार्षिक उत्सव तथा शैक्षिक च्यारिटी शो २०१८’ का लागी अतिथि कलाकार नेपालका चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्द आज बुधबार बेलुकि ७:३० बजे कुवेत आइपुग्ने छन् । पढ्नेक्रम जारी राख्नुहोस्