मन्त्री नपाएपछि सांसदद्वारा राजीनामा


नवराज महतारा
सिमकोट : आइतबार गठन भएको प्रदेश नम्बर ६ को मन्त्री परिषदमा पार्टीले अन्याय गरेको भन्दै मुगुका प्रदेश सांसद चन्द्रबहादुर शाहीले सांसद पटबाट राजीनामा दिएका छन्। मुगु एमाले पार्टीको संस्थापक समेत रहेका शाहीले पार्टीले प्रदेश सरकार गठनका क्रममा पार्टीमा गरेको त्यागका आधारमा भन्दा पैंसा र प्रलोभवनका आधारमा मन्त्री पद बाँडेको भन्दै शाहीले पार्टीको साधारण सदस्य र प्रदेश सांसद दुवैबाट राजिनामा दिएका हुन्।

एमालेको केन्द्रीय सल्लहाकार समेत रहेका शाहीले प्रदेश सभामुख र ४ मन्त्री पद पार्टीको भागमा परेपनि अन्तमा आफूभन्दा निकै कनिष्ट र आफैले पार्टी प्रवेश गराएकालाई अवसर दिएर आफूलाई अपमान महशुस गरेको भन्दै राजीनामा पत्र हुलाकबाट पार्टी केन्द्रलाई पठाउने बताए। आइतबार सुर्खेत छोडेर काठमाडौं लागेका शाहीले प्रदश सभामुखदेखि मन्त्रीको आकांक्षा राख्दा पनि पार्टीका नेताले गुटगत आधारमा आफूलाई अपमान गरेपछि सहनै नसकेर राजीनामा दिएको अन्नपूर्णलाई जानकारी दिए।

एमाले मुगुका संस्थापक सचिवदेखि कर्णाली अञ्चल समन्वय समितिका कार्यबहाक सचिवहुँदै केन्द्रीय सल्लाहकार शाही प्रदेश ६ को सभामुख पदमा समेत दावी गरेका थिए।पार्टीले अन्तमा दैलेखका राजबहादुर शाहीलाई सभामुख बनाएपछि उनी पार्टीको तर्फबाट पाउने ४ प्रदेश मन्त्री पदमा आकांक्षी थिए।

आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद गठन गर्दा एमालेबाट उनी नपर पछि निकै आक्रोस भएका हुन। अन्नपूर्णसँग टेलिफानेमा कुरा गरेर राजीनामा दिएको बताएका शाहीले भने ‘नवप्रवेशी, पैसावाल र ठेकदारहरुलाई आर्थिक चलखेल गरेर संसदीय दलका नेता यमलाल कँडेलले मन्त्री बनाएपछि अब हाम्रो काम पार्टीमा छैन भन्ने जस्तो लाग्यो।’ पार्टीमा कुनै योगदान नगरेका र कुनै कमिटीमा नरहेका व्यक्तिलाई सभामुख बनाएको आरोप लागएका शाहीले आफूमाथि सहनै नसकिने अन्याय भएको भन्दै राजीनामा दिएको बताए।

आइतबार मुख्यमन्त्री महेन्द्र शाहीले मन्त्रीमा सपथ खुवाएका एमालेबाट मन्त्री बनेका डोल्पाका नन्दसिंह बुढा राप्रपाबाट एमाले प्रवेश गरेका हुन् भने हुम्लाका दल रावल जनमोर्चाबाट एमाले प्रवेश गरेका एनजिओकर्मी रहेको शाहीले बताए। उनले सुर्खेतका ठेकेदार खड्ग खत्रीलाई दलका नेता कँडेलले आर्थिक चलखेल गरेर मन्त्री बनाएको आरोप समेत लगाएका छन्।

‘पार्टीमा लागेर जेलनेल खाएको र मुगुमा पार्टी स्थापना गर्दै अहिले कर्णालीको एक मात्रै जिल्ला मुगुमा पार्टीका सबै सिट जिताउन प्रथम भूमिका खेलेका शाहीले अहिले आएर पार्टीले आफूमाथि निकै ठूलो अपमान गरेको बताए।

एमालेबाट २०५६ सालमा मुगुबाट प्रतिनिधिसभा सदस्य जितेका शाही २०४२ सालमा जेल परेपछि पार्टीको पूर्णकालिन राजनीतिमा लागेका थिए। १५ वर्षसम्म मुगुमा एमालेको पार्टी सचिव भएर काम गरेका शाही यसअघि एमालेको कर्णाली अञ्चल समन्वय कमिटी सदस्य थिए।
(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w