Daily Archives: 19/02/2018

सातै प्रदेशका उपसभामुख महिला


काठमाडौँ — प्रदेश ४, ५ र ७ मा आइतबार निर्वाचित भएसँगै सातै प्रदेशका उपसभामुख महिला भएका छन् । प्रदेश १, २, ३ र ६ मा यसअघि नै चयन भएका उपसभामुख पनि महिला नै हुन् ।  प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा निर्वाचित भइन् । अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव शर्मा प्रदेश संसद्को मत विभाजनका आधारमा निर्वाचित भएकी हुन् । शर्माले संविधानको परिधिभित्र रहेर सबैलाई समेट्ने बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्री नपाएपछि सांसदद्वारा राजीनामा


नवराज महतारा
सिमकोट : आइतबार गठन भएको प्रदेश नम्बर ६ को मन्त्री परिषदमा पार्टीले अन्याय गरेको भन्दै मुगुका प्रदेश सांसद चन्द्रबहादुर शाहीले सांसद पटबाट राजीनामा दिएका छन्। मुगु एमाले पार्टीको संस्थापक समेत रहेका शाहीले पार्टीले प्रदेश सरकार गठनका क्रममा पार्टीमा गरेको त्यागका आधारमा भन्दा पैंसा र प्रलोभवनका आधारमा मन्त्री पद बाँडेको भन्दै शाहीले पार्टीको साधारण सदस्य र प्रदेश सांसद दुवैबाट राजिनामा दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्