४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार


कुबेत नेपालडटकम

दुवै मृगौला पिडित नरबहादुर पन्तको ४१ दिनपछि उद्दार भएको छ | तनहुँ आबुखैरेनीका नर बहादुर कुवेतको फर्वानिया अस्पतालमा उपचार गराइरहेका थिए |

लुम्बिनी समाज नेपाल कुवेत, नेपाल कुवेत सरोकार समाज, नेपाली दुताबास कुवेत, क्रियाशील बिभिन्न संघसंस्था र सामाजिक व्यक्तिहरुको सहयोगमा नरबहादुरलाई नेपाल पठाउन सफल भएको लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले कुबेत नेपाल डटकमलाई जानकारी दिएका छन् | नरबहादुर शुक्रबार नेपाल पुगिसकेका छन् |
साहारा अल रुला कम्पनीमा ३ बर्ष देखि अप्रेटरको काम गर्दै आएका पन्तको १ बर्ष देखि कम्पनीले भिसा नलगाई अलपत्र पारेको बताएका थिए ।

कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा जाने तयारी गर्दैगर्दा गम्भीर बिरामी भएपछी समस्यामा परेको पिडित नरबहादुर बताउछन | उनको दुबै मृगौला फेल भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

दुताबासको अनुरोधमा नरबहादुरको उपचारमा लागेको खर्च अस्पतालले मिनाहा गरिदिएको थियो | सहयोगीहरुबाट प्राप्त रकमले उनको उद्दार भएको हो | आवश्यक कागजात र अन्य प्रक्रिया मिलाउदा खर्च भएको रकम कटाएर अझै नेपाली सत्ताइस हजार (२७०००) रुपिया बाकी रहेकोले केहिदिन भित्रै पिडितलाई हस्तान्तरण गरिने लुम्बिनी समाज अध्यक्ष रुपेन हमालले बताए |नरबहादुर पन्तको स्वदेश फिर्तीका निम्ति नेपाल कुवेत सरोकार समाजले पनि सहयोग संकलन अभियान चलाएको थियो |

आथिक सहयोग गर्ने सम्पूर्णमा लुम्बिनी समाजले धन्यवाद व्यक्त गरेको छ | लुम्बिनी समाजले आफ्नो कार्य क्षेत्र नछुट्याई हरेक नेपालीलाई सेवा र सहयोग गर्दै आइरहेको छ । केही समय पहिले पनि गोर्खा कि एक महिलालाई समाजले उद्दार गर्न सफल भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w