सुदूर-पश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न


माधब शाही,कुवेत

सुदूर–पश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ। गत सुक्रवार खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा एक साँस्कृतिक कार्यक्रमका साथ सुदूर–पश्चिम सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न गरेको हो।

संस्थाको अध्यक्ष अम्मर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम यज्ञ बहादुर हमाल, बिशेष अतिथि प्रथम महिला रीता हमाल, राजदुतावासका प्रथम सचिब भोगेन्द्र लिन्देन सह–सहचरी मनोज सिंह, पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने रहेका थिए। कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रमुख अतिथि बिशेष अतिथिको सामुहिक रुपमा केक काटी कार्यक्रमको सुरुवात गरियको थियो । कार्यक्रम संचालन भने पत्रकार नवराज पंथी र निरु माया खड्काले संयुक्त रुपमा गरेका थिए। स्वागत मन्तब्य संस्थाको सम्रक्षक राजन बम ठकुरीले राखेका थिए।

उक्त प्रथम वार्षिक उत्सवमा पत्रकार महासंघ कुवेत साखाका प्रतिनिधि कोश राज राई, तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ, लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल, महिला समाज सेवी मधु माया मगर, एभेरेष्ट माउन्टेन क्लवका अध्यक्ष इन्द्र प्रसाद पोखरेल, राजदुत महामहिम यज्ञ बहादुर हमाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

शुभकामना मन्तब्यको क्रममा कुवेतमा भईपरी आउने समस्या लाई हाते मालो गर्दै समस्या लाई समधान गर्दै आई रहेको र छोटो समयमा धेरै उधारणीय काम गरिसकेको भन्दै बक्ता हरुले संस्थाको प्रसंसा गरेका थिए।

कार्यक्रममा स्थानीय कलाकार लोक तथा पप गायक बिबी मल्ल, डिबी लोप्चन, बाल कलाकार अनिशा लोप्चन लगायत एक दर्जन जति कलाकार हरुको बेजोड प्रस्तुती रहेको थियो। सुदुर–पश्चिममा निकै प्रचलित देउडा नाँच समाजका सदस्यहरुको प्रस्तुतिले कार्यक्रम लाई थप रोचक बनाएको थियो।

कार्यक्रम सफल पार्न सहयोग पुराउने कलाकार, मिडिया, खेलाडी हरुलाई प्रमाण पत्र, खादाले सम्मान गरीयको थियो।

समारोहका सभापति अमर खड्काले कार्यक्रम सफल पार्न सहयोग गरेका संघसंस्था उपस्थित आगन्तुक सबै लाई धन्यवाद दिदै कार्यक्रम समापन भयको घोषणा गरीयको थियो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )