माओवादी केन्द्र संसदीय दलको नेतामा दाहाल सर्वसम्मत् चयन


काठमाडौँ — माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको सांसद् हितबहादुर तामाङले जानकारी दिए ।दाहाल प्रतिनिधिसभातर्फ चितवन–३ बाट निर्वाचित सांसद् हुन् । नेता तामाङकाअनुसार बैठकमा अध्यक्ष दाहालले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा ब्रिफिङ गरेका थिए।

एमालेसँगको एकता’bout आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी दाहालले बैठकमा राखेका थिए। माओवादीले पार्टी एकता, सरकार गठनलगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने माग गर्दै आएको छ। भागबन्डा नमिलेका कारण प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको मा‌ओवादी केन्द्रबाट सरकारमा सहभागी भएको छैन।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )