कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न


चन्द्र बिश्वकर्मा /कुबेत

कोसेली समुहद्रारा संचालित तीतोपाटी डटकम तथा कोसेली न्युजको दसौं वार्षिक उत्सव तथा कुवेतमै एक मात्र र पहिलो छापा पत्रिकाको रुपमा रहेको मरुभूमि कोसेलीको २९ अाैं बिशेष संस्करण बिमोचन एकै साथ सम्पन्न भएको छ।कुवेतको फर्वार्निया स्थित अल हाईतम रेष्टुरेन्टको सभाहलमा फेब्रोवरी १६,२०१८ शुक्रबारका दिन एक कार्यक्रमका साथ कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन गरिएको हो।

कोसेली समुहका अध्यक्ष मनु भुजेलको सभापतित्वमा सपन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल, विशेष अतिथिमा राजदुत धर्मपत्नी रिता हमाल,राजदुतावासका प्रथम सचीव भोगेन्द्र लिङ्देन,सहचारी मनोज सिंह,एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ तथा पटक-पटक नेपाल गई सकेका कुवेत अक्स एड्भान्चरका साउदका रहेका थिए । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू,बुद्दिजिबी,समाजसेवी, पत्रकार लगायत कुबेतमा कार्यरत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

बेलुकी ७ बजे देखी शुरु भएको कार्यक्रममा कोसेली समुहका प्रवन्धक टिकाराम आचार्यले उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि लगायत उपस्थित सम्पुर्ण लाई स्वागत गरेका थिए भने मरूभूमिको कोसेलीका प्रमुख लेखक तथा टिप्पणीकार तोयानाथ दाहालले कार्यक्रम संचालन गरेका थिए। प्रमुख अतिथि, विशेष अतिथि लगायत सम्पुर्ण अतिथिहरुले सामुहिक रुपमा दश वटा मैनबत्ती प्रज्वलन गर्दै केक काटी मरुभुमीको कोसेली पत्रिकाको २९ अाैं बिशेष संस्करण बिमोचन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कोसेली समुहको सम्पुर्ण गतिविधिका साथ अहिले सम्मको यात्राका ’boutमा मरूभूमि हालचालका प्रमुख पत्रकार नबराज पन्थीले संक्षित रुपमा जानकारी गराएका थिए। मरुभूमिको कोसेली पत्रिका र तीतोपाटी डटकम अनलाइनको उताब-चडाब तथा समाचार सम्प्रेषणका जटिलताका ’boutमा प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले प्रस्ट्याएका थिए।समाचार प्रसारण गर्ने क्रममा पिडित र पिडकका दुई पक्षका कुराहरु र सके सम्म सम्बन्धित निकायको धारणा सहित पत्रकारिताको कोड अफ कन्टक ६क का आधारमा सत्य समाचारलाई प्रसारण गर्न कुवेतका पत्रकारहरुलाई सुझाब दिएका न्यौपानेले परोपकारी प्रबासी पत्रकारितामा डर, धम्की मिसिएको प्रती सबैलाई ध्यानाकर्षण गराए।कोसेली समुहको आर्थिक प्रतिबेदन कोषाध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा माधब शर्मा , कुमार झापाली,सुरज मास्के,एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांग,नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल, कोसेली समुहका प्रबन्धक निर्देशक सुजन के.सि. लगायतले मन्तब्य राखेका थिए।प्रमुख अतिथी तथा अतिथिहरुले प्रबासी पत्रकारिता र कोसेली समुहका ’boutमा आफ्न भनाइहरु राखेका थिए। त्यसै गरी साहित्यकार तथा मरुभुमी हालचालका सन्चालक अमर खडकाले गजल प्रतुत गरेका थिए भने माधव पौडेलले ब्यङ्यात्मक कबिता प्रस्तुत गरेका थिए।

उक्त अबसारमा कुवेतको नेपाली समाज र अन्य देशमा समेत समस्या र बिचल्लीमा परेका नेपाली कामदारहरुको आपत बिपतमा सहयोग गर्दै राहत र उद्दारमा लागी महत्त्वपूर्ण भुमिका निर्वाह गरकोमा उत्कृष्ट ब्यक्ति तथा संस्थालाई मायाको चिनो र दोसल्ला ओडायर सम्मान गरीएको थियो। आफै महिला घरेलु कामदार हुँदाहुँदै पनि कुवेतमा समस्यामा परेका नेपालीहरूको अपत विपतमा महत्वपुर्ण साथ- सहयोग गरेकोमा महिला सामाजिक अभियन्ता प्रिती गोले तामाङ,स्थापनाको बर्ष दिन नपुग्दै बिभिन्न अभियान र राहत उद्दारमा उल्लेख्य काम गरेकोमा कल्याणकारी समाज कुवेत, कुवेत, इराक़, सिरिया तथा अन्य खाडि राष्ट्रमा बिचल्लीमा परेका नेपाली कामदारहरुको राहत उद्दारमा उल्लेख्य भूमिका निर्बाह गरेकोमा सामाजिक अभियन्ता शिर्जनसील समाज कुवेतका अध्यक्ष पुष्कर सिंह धामी ,पत्रकारिता र सामाजिक अभियानलाई एकै साथ लिएर उल्लेख्य काम गरेकोमा पत्रकार कोशराज राइ तथा कुवेतको नेपाली समाजमा उल्लेख्य र धेरै उदाहरणिय काम गरेकामा लुम्बिनी समाज नेपाल कुवेतलाइ सम्मान गरिएको थियो।

कोसेली समुहको सदस्य जसले कोसेली छापा पत्रिकालार्इ कुवेतको नेपाली समाजमा अहोरात्र खटि सबैको हातमा पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा कृष्ण प्रसाद अधिकारिलार्इ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । कोसेली समुहमा प्रवेश गरेका नयाँ सदस्यहरु माधब पौडेल,चन्द्र बिश्वकर्मा,अमर खड्का लाई सम्मान गरीएको थियो भने नयाँ सदस्यहरु बसन्त थापा र मनिष आमगाइ कार्य ब्यस्तताले सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन।
कार्यक्रमको अन्त्यमा सभापति मनु भुजेलले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने र कार्यक्रम लार्इ सफल पार्न उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनी सहयोगको अपक्षा राख्दै कार्यक्रमको समापन गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )