१६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न


डम्बर रिमाल, कुवेत

१६ फेब्रुअरी २०१८ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएका छन ।

१२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको गोल्ड कपको १६औं संस्करण १६ र २३ फेब्रुअरीमा खेलाएर सम्पन्न गर्ने क्लवले लक्ष राखेको छ ।

महामहिम राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न खेलहरुमा क्लब अध्यक्ष इन्द्र प्रसाद पोखरेलको सभापतित्व, दुतावासका प्रथम सचिव भोगेन्द्र लिङदेन, श्रम-सहचारी मनोज सिंह, क्लवका बरिष्ट सल्लाहाकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ र एनसिसी कुवेतका अध्यक्ष अर्जुन तामाङको बिशेष आतिथ्यता रहेको थियो भने कुवेतमा कृयाशिल विभिन्न संघ-संस्थाका पदाधिकारी, बुद्दिजिवि, भद्र-भलाद्मीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

बिहान १० बजे सुरू भएको खेलको उद्घाटन कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल र क्लब सल्लाहकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तमाङ’ज्युले एक अर्कालाई गोल पास गर्दै खेल सुरू भएको थियो । खेल रात्री १० बजेसम्मा चलेको थियो ।

हिजो भएका खेलका नतिजाहरु निम्नअनुसार रहेका छन;
पहिलो खेल: गोर्खाली फुटवल क्लव V/s सरोकार समाज “ए”
बिजेता: गोर्खाली फुटबल क्लव
स्कोर: ६ – ०
मेन अफ द म्याच: हर्क मगर (गोर्खाली फुटवल क्लव)

दोश्रो खेल: कल्याणकारी युवा समाज V/s पुर्वेली टाईगर
बिजेता: पुर्वेली टाईगर
स्कोर: ४ – ०
मेन अफ द म्याच: यम थापा मगर (पुर्वेली टाईगर)

तेश्रो खेल: एन.एफ.सी “पुरानो” V/s किरात राई यायोक्खा
बिजेता: किरात राई यायोक्खा
स्कोर: ५ – ०
मेन अफ द म्याच: राजु गुराउ (किरात राई यायोक्खा)

चौंथो खेल: एन.एफ.सी “नयाँ” V/s युनिक नेपाल
बिजेता: एन.एफ.सी “नयाँ”
स्कोर: ५ – ३
मेन अफ द म्याच: नविन प्रधान (एनएफसी नयाँ)

पाँचौं खेल: थ्री स्टार V/s अल्घानिम सेक्युरिटी
बिजेता: अल्घानिम सेक्युरिटी
स्कोर: ६ – १
मेन अफ द म्याच: टेक लिम्बु (अल्घानिम सेक्युरिटी)

छैटौं खेल: प्रवासी ट्याक्सी सँघ V/s सरोकार समाज”बी”
बिजेता: सरोकार समाज”बी”
स्कोर: १ – ०
मेन अफ द म्याच: राज क्षेत्री (सरोकार समाज-बी)

सातौं खेल (क्वार्टर फाईनल पहिलो): गोर्खाली फुटवल क्लव V/s किरात राई यायोक्खा
बिजेता: किरात राई रायोक्खा
स्कोर: ३ – ३
**थप १० मिनट खेल: स्कोर निल, निर्णय टाई ब्रेकर (पेनाल्टी शुट आउट)
बिजेता: किरात राई यायोक्खा
स्कोर: ५ – ४
मेन अफ द म्याच: कालिका गुराउ (किरात राई यायोक्खा)

आठौं खेल (क्वार्टर फाईनल दोश्रो): पुर्वेली टाईगर V/s एन.एफ.सी. नयाँ
बिजेता: पुर्वेली टाईगर
स्कोर: ६ – ०
मेन अफ द म्याच: प्रकाश सुब्बा (पुर्वेली टाईगर)

रेफ्रीहरु: डम्बर मोक्तान, कुमार श्रेष्ठ
लाईन्स मेनहरु: जगत मगर, आनन्द श्रेष्ठ, रोजन पाठक, धन सुब्बा, रबी राई, धिरज कार्की, शिव कुमार लिङदेन

आगामी २३ फेब्रुअरी शुक्रबारका दिन, सेमीफाईन र फाईनल खेल बिहानको ठिक ८.०० बजे सोही फुटबल मैदानमा हुनेछ भने सेमिफाईनलको पहिलो खेल अल्घानिम सेक्युरिटिको बिरुद्द किरात राई यायोक्खा र पुर्वेली टाईगरको बिरुद्द सरोकार समाज-बी ले खेल्ने छन ।

यसैगरी, १६अाैं बमजम गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी नेपालकुवेत सरोकार समाजले लिएको छ । सरोकार समाज कुवेतका अध्यक्ष दिल स्याङ्बो र उपाध्यक्ष राम लामाको नेतृत्वमा खटिएको सुरक्षा टोलिले खेलमा कुनै किसिमको असहज परिस्थिती उत्पन्न हुन नदिन बिहानदेखी रात्री १० बजेसम्म ग्राउण्डमा खटिएर क्लवलाई गुन लगाएको छ ।

क्लवका पुर्व उपाध्यक्ष अर्जुन भुषालले सञ्चालन गर्नु भएको खेलकुद कार्यक्रमको सम्पुर्ण अफिसियल जिम्मेवारी क्लब पुर्व सह-सचिव तथा तमु समाज कुवेतका उपाध्यक्ष राजु गुरूङ्ग, क्लब पुर्व अध्यक्ष तथा १६अाैं बमजम गोल्ड कप संयोजक जय अाले मगर, क्लब खेलकुद बिभाग संयोजक मोहन नाच्छ्रिङ राइ, मगर सँघ कुवेतका उपाध्यक्ष बसन्त थापा मगर, क्लब सचिव डम्बर रिमाल, सह-सचिव सुरेश गुरूङ, पुर्व सदस्यहरु राम सिग्देल, जिबन निरौला लगायतले गर्नु भएको थियो । यसैगरी, क्लवले सञ्चालन गरेको क्यान्टिनमा क्लवका कोषाध्य चन्द्र तामाङ, बरिष्ट सदस्य शिव पौडेल, सदस्यहरु केदार आले, राज मल्ल लगायतले सम्हाल्नु भएको थियो ।

बिगतका संस्करणहरुमा करीब १००० केडिको स्पोन्सर जुटाउने क्लबले यसपाली भने शुन्य स्पोन्सरमा खेलको आयोजना गरेको छ भने नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई सहयोग गर्नु भएको छ । जसमा:

  • बरिष्ट पत्रकार, सुजन केसी – २१ केडी
  • एनआरएनए अध्यक्ष, अर्जुन तमाङ – २१ केडी
  • एनआरएनए उपाध्यक्ष, अमृत गुरुङ – ३० केडी
  • सिर्जनशिल युवा समाज अध्यक्ष, पुष्कर धामी – ११ केडी
  • तमु समाज कुवेत अध्यक्ष, खोप गुरुङ – पानीको व्यवस्था
  • मगर सँघ कुवेत अध्यक्ष, मित्र सिंजाली – २१ केडी
  • नेपाली संघिय समाज कुवेत – ११ केडी
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )