Daily Archives: 15/02/2018

बारामा उन्नत जातको मकैको घोगामा दाना नलाग्‍ने समस्या, किसानले मागे क्षेतिपुर्ति


महेश्वर अधिकारी फागुन ३, २०७४,

मकैको घोगामा दाना नलागेपछि किसानले क्षेतिपुर्तिको माग गरेका छन्। सरकारले पिडित किसानलाई क्षेतिपुर्ति दिनु पर्ने किसान अर्जुन राउतले बताए। किसानले प्रति किलो १५० भन्दा बढीमा विऊ खरिद गरेर मकै लगाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त


३ फागुन, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिलाई भेटेर ओलीले गरे सरकारमा दावी, देउवाले आजै राजीनामा दिने


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको तयारी गरेका छन्। ओलीले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी सरकार गठनका लागि वाम गठबन्धनसँग बहुमत रहेको जानकारीसहितको पत्र बुझाएका छन्। एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकारमा दावी गर्दै अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बिहीबार बिहान शितल निवास पुगेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सनसनीपूर्ण जित: नेपाल विश्वकप छनोटमा


विनोद पाण्डे
काठमाडौँ — क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन–२ को राउन्ड रोबिनको पाँचौं तथा अन्तिम चरणको नेपाल र क्यानडाबीच बुधबारको खेलमा विजयी हुने टोली मात्र विश्वकप छनोटमा पुग्ने स्थिति थियो । क्यानडामाथि सनसनीपूर्ण जित हात पार्दै बुधबार विश्वकप छनोटको यात्रा तय गर्न सफल नेपाली क्रिकेट टोली नामिबियाको खेल मैदानमा सेल्फी खिचेर खुसी साट्दै । पढ्नेक्रम जारी राख्नुहोस्