प्रधानन्यायाधीशको राजीनामा माग्दै न्याय परिषद घेराउ


२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेका पराजुलीले तत्काल राजीनामा दिन माग गर्दै कानुन व्यवसायीहरुले बुधबार पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका हुन् ।

बुधबार न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न बैठक बस्ने कार्यसूची छ । पराजुलीको अध्यक्षतामा बैठक बस्न नदिन कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागी अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भन्दै उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।

अर्का अधिवक्ता युवराज बन्जाडेले न्यायालयको गरिमामाथि नै आँच आउने भएकाले पराजुलीले राजीनामा दिनुपर्ने बताए ।

साथै कामचलाउ अवस्थामा पुगेको सरकारलाई न्यायाधीश सिफारिस गर्ने अधिकार नरहेको दावी पनि उनीहरुले गरेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशमाथि लागेका आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि पराजुलीको ध्यानाकर्षण गराएका छन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.