खराफी पीडित सहयोग अभियान समापन, बाँकी रकम अन्य पीडितलार्इ हस्तान्तरण


माधव पाैडेल,कुवैत

खराफी नेशनल कम्पनी पिडित नेपालीहरुलाई उद्दार गर्न बनेको राहत समितिको अभियान अाजबाट समापन गरिएको छ । अाज फर्वानिया स्थित एभरेस्ट होटलमा बसेको समितिको बैठकले अाधारिक रुपमा अभियान समाप्त भएको निर्णय गरेको छ ।
अभियानमा प्रत्यक्ष रुपमा १० र अप्रत्यक्ष रुपमा १७ जनाले राहत लिएका छन् ।१० जनालाई टिकट तथा अोभर स्टे जरिवाना दिएर उद्दार गरिएको र १७ जनालाई राजदुतावास र पिडित बिच सहकार्य गराउन मध्यस्थताको भुमिका निर्वाह गरेर डिपोटेसन मार्फत उद्दार गरेका छन् ।अभियानका क्रममा उठेको कुल ६८६.२५केडि मध्ये ३८३केडि राहतमा खर्च भएको र बाँकी रकम ३०३.२५केडि हाल कुवेतमा चलिरहेका अभियानहरुलाई दामासायिक रुपले भागिरथ चापागाईं, नर बहादुर पन्त र प्रेम राई बचाउ अभियानलाई क्रमसः १०१/१०१/१०१.२५ केडि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक दिल स्याङ्बोका अनुसार अाजको मितिबाट अभियान अन्त्य भएको घोषणा गर्दै अभियानमा साथ सहयोग गर्नुहुने सम्पुर्ण संघ सस्थाहरु,पत्रकारहरु अभियान सफल गराउन साथ दिनुहुने सम्पूर्ण महानुभाबहरुलाई राहत समितिको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दै सहयोगीहरुको नाम, संकलित रकम र लाभान्वित ब्यक्तिहरुको नाम सार्वजनिक गरेको छ ।

सहयोगीहरूको नाम र संकलित रकम
कल्याणकारी नेपाली युवा समाजबाट १५० केडि
मालिया चर्चबाट संकलित १२८केडि
राप्ती भेरी कर्णालीले अायोजना गरेको कार्यक्रमबाट ८६.२५
ट्रिनिटि चर्च जिलिब बाट ७७ केडि
माउन्ट एभरेष्ट स्पोर्टिङ क्लवबाट ६१ केडि
नेपाल कुवेत सरोकार समाज बाट ५१ केडि
तामाङ घेदुङ कुवेत बाट ५१ केडि
लुम्बिनी समाज कुवेतबाट ५१ केडि
सिन्धुपाल्चोक सेवा समाज कुवेत बाट २० केडि
दलित एकता सन्जाल बाट ११ केडी

प्रत्यक्ष लाभान्वित ब्यक्तिहरु
सुरेन्द्र कुँवर
अशोक कुमार राई
टिकाराम बिश्वकर्मा
गोरख बहादुर खत्री
तेज बहादुर मगर
सुर्य बहादुर रोका मगर
गोपाल भण्डारी
सन्त बहादुर खौचा
खाल्जित पुन
नबराज बिश्वकर्मा

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )