Daily Archives: 13/02/2018

खराफी पीडित सहयोग अभियान समापन, बाँकी रकम अन्य पीडितलार्इ हस्तान्तरण


माधव पाैडेल,कुवैत

खराफी नेशनल कम्पनी पिडित नेपालीहरुलाई उद्दार गर्न बनेको राहत समितिको अभियान अाजबाट समापन गरिएको छ । अाज फर्वानिया स्थित एभरेस्ट होटलमा बसेको समितिको बैठकले अाधारिक रुपमा अभियान समाप्त भएको निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज सेना दिवस मनाइँदै


काठमाडौँ, फागुन १ गते । मुलुकको प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा मङ्गलबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा मङ्गलबार अपराह्न सैनिक मञ्च टँुडिखेलमा आयोजना हुने बढाइँ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तत: निचोडमा वाम एकता, ओली-दाहाल आलोपालो नेतृत्व


गोविन्द लुइँटेल
दुवै अध्यक्ष र प्रधानमन्त्री हुने, नाम नेपाल कम्युनिष्ट पार्टी
काठमाडौं: लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबीच एकताको टुंगो लागेको छ। दुई पार्टीका नेताको पदीय व्यवस्थापनको विषय टुंगिएसँगै अब एकताको औपचारिक घोषणा मात्रै बाँकी रहेको छ । एकतालाई औपचारिकता दिन मात्रै बाँकी दुई वामका रहेको नेताहरुले बताएका छन् । पदीय बाँडफाँटको औपचारकि टुंगो बुधवार बस्ने एकता संयोजन समितिको बैठकले गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड


काठमाडौँ — सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्