माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी १६ फेब्रुअरी र २३ फेब्रुअरीमा आयोजना गर्न गैरहेको “१६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट-२०१८ मा १२ नेपाली टिमहरुले सहभागीता जनाएका छन । बिगत १७ वर्षदेखी प्रबासी नेपालीबीच निरन्तर रुपमा कृयाशिल रहेको क्लव र क्लवका संस्थापक एवं बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजन तामाङको स्मृतिमा १७ बर्ष पहिला स्थापना गरेर क्लवको स्वामित्वमा सञ्चालित रहँदै आएको “माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप” मा गत वर्ष भन्दा धरै नेपाली टिमहरुको सहभागीता रहेको छ ।
क्लवले गत शुक्रबार (९ फेब्रुअरी)का दिन कुवेतको फर्वनिया पार्कमा टिम दर्ता र गोला प्रथा गराई टाईसिट सार्वजनिक गरेको हो । टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल(ए)बाट सरोकर समाज “A”,G.F.C,किराँत राई ययोक्खा,N.F.C.(Old),अल्घानिम सेक्युरिटी,र थ्री स्टार छन भने पोल(बि)बाट पुर्बेली टाईगर,कल्यणकारी युवा,युनिक नेपाल, N.F.C.(New), प्रबसी ट्याक्सी र सरोकर समाज “B” रहेका छन ।
१६ फेब्रुअरी २०१८ शुक्रबार,बिहान ठीक ८ :०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुले निम्ती दिएको छ ।
आगामी १६ र २३ फेब्रुअरीमा सञ्चालन हुने फुटबल टुर्नामेण्टको लागि स्थानिय कानुनलाई ध्यानमा राख्दै क्लवले निम्नानुसार नियमावली सार्वजनिक गरेको छ ।
१) १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सदस्य लगायत सक्षम अन्य रेफ्रीहरुबाट खेलाईने छ । खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
२) खेल अवधिमा कुनै खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेको खण्डमा या रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गरेमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरि अर्को एउटा खेल खेल्न दिईने छैन ।
३) सम्पूर्ण टिमका खेलाडी तथा टिम म्यानेजरलाई आफ्नो पासपोर्ट या सिभिल आईडीको फोटोकपी टिम दर्ताको दिनमा आयोजकलाई बुझाउन अनुरोध गरिएको छ । दर्ताको दिन नबुझाउने टिम म्यानेजर र खेलाडीले खेल सञ्चालन हुने दिन १६ फेब्रुअरीमा अनिवार्य रुपमा आयोजकलाई बुझाउनु पर्ने र नबुझाउने कोही पनि खेलाडिलाई टुर्नामेण्टमा समावेश गराउन आयोजक असमर्थ रहने छ ।
४) प्रत्येक टिमबाट ६/६ जना स्वयंसेवकको समेत नामावली दिनु पर्ने र आफ्नो टिमको खेलको दिन स्वयंवेसक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने जानकारीका साथ उक्त स्वयंसेवक कारणवस उपस्थित हुन नसकेमा टिमले अर्को सवयंसेवक खटाई नामावली आयोजकलाई खेल शुरु हुनु आगावै दिनु पर्ने छ ।
५) १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप फुटबल टुर्नामेण्ट सदा झैं नक्आउट चरणको आधारमा खेलाईने छ ।
६) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।
७) कुनै पनी बिदेशी खेलाडीलाई मान्यता दिईने छैन । खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ ।
८) कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक वाध्य हुनेछ ।
९) कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ । यदि त्यो किसिमको स्थिती देखिन आएमा प्रतिवादी समुहका टिम मेनेजरले आयोजकलाई सूचित गर्न सक्ने छ ।
१०) टुर्नामेण्टमा प्रतिश्पर्धा गर्ने सहभागी समुह आयोजकले निर्धारण गरेको खेल समयभन्दा आधा घण्टा अगावै खेल मैदानमा उपस्थित भईसक्नु पर्नेछ । यदी तोकिएको समयको १५ मिनट भित्रमा पनि प्रतिश्पर्धी समुह उपस्थित नभएमा ‘फ्री किक’ मार्फत विजयी घोषित गरिने छ भने दुबै समुह कारणवश तोकिएको समयएमा उपस्थित हुन नसकेमा आयोजकले परिस्थिती हेरी कुनै पनि निर्णये गर्न सक्नेछ ।
११) सहभागी समुहहरुले आफ्ना खेलाडीहरुलाई पेय पदार्थ, जलपान, खाना र औषधी उपचार र यातायात जस्ता आबश्यकमूलक चिजहरुको व्यवस्था स्वयंले गर्नु पर्नेछ ।
१२) खेलको समय अवधी पहीलो चरण ३० मिनेट, ५ मिनेट आराम र दोस्रो चरण पनि ३० मिनेट गरी ६० मिनेटको खेलाईने छ । यदी खेल बराबरी भएमा थप १० मिनेट खेलाई थप समयमा पनि बराबरी भएमा सिधै पेनाल्टी शुट-आउट मार्फत हार-जितको निर्णय गराईने छ ।
१३) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाई कानुन बमोजिम कार्वाहीको लागि पहल गर्न आयोजक वाध्य हुनेछ ।
१४) १६औं बमजन कपको सञ्चालन अवधीभर खेल मैदान परिसरमा आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव स्वयंले सुपथ मुल्यमा क्यान्टिन सञ्चालन गर्ने छ । अन्य कुनै पनि कम्पनी, समुह या व्यक्तीलाई कुनै किसिमको क्यान्टिन सञ्चालन या खाध्य तथा पेय पदार्थ बेचबिखन गर्न सख्त मनाही गरिएको छ ।
१५) कुनै पनि टिमले एक(१) या तीन(३) पटक माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपमा बिजयी हाँसिल गरेता पनि, बिजेता टिमले बिजयी हाँसिल गरेको मितिदेखी १५ दिन भित्रमा सहि-सलामत माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप आयोजकलाई वापस बुझाउनु पर्नेछ ।
१६) १६औं बमजन गोल्ड कप टुर्नामेण्ट एक आधुनिक एवं आर्टिफिसियल तथा चारैदिशा सिसी टिभी क्यामेरा जडित मैदानमा आयोजना हुन गैरहेकोले कुनै पनि खेलाडी, व्यक्ती बिशेष, समुह तथा टिम सपोर्टरहरुलाई खेल मैदानभित्र धुम्रपान, मध्यपान नगर्न, असहज परिस्थिती उत्पन्न नगर्न, पानीका बोतल र कागजहरु नफाल्न कुवेतको खेलकुद मन्त्रालयले आदेश जारी गरेको छ भने ग्राउण्ड चौबिसै घण्टा खेलकुद मन्त्रालयको सिसी टिभी सर्भिलेन्समा रहने छ ।