सहमतिको प्रयास असफल, एमालेले प्रदेश ४ को मुख्यमन्त्री चुनावबाटै चुन्ने


२८ माघ, पोखरा । प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ । दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भए पनि प्रदेश ४ मा भने दुवैजना संस्थापन पक्षकै नेताबीच चुनाव हुन लागेको हो । सहमतिको सम्भावना नरहेकाले निर्वाचनबाट छिनोफानो हुने दलको नेताका प्रत्याशी किरण गुरुङले बताए ।  प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । त्यसमध्ये एकजना बाहेक सबै संस्थापन पक्षका हुन् । दुवै नेताले आफू जित्ने दावी गरेका छन् ।(Onlinekhabar )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )