चितवन सेवा समाज कुवेतद्वारा “चितवन धमाका-२” सम्पन्न सागरले तताए कुबेतको दर्शक लाई‘वान्स मोर,वान्स मोर’  


कुबेत नेपालडटकम

चितवन सेवा समाज कुवेत ले आयोजना गरेको “चितवन धमाका-२” तथाअनाथ बालबालिकाहरुका लागि च्यारिटी शो शुक्रबार ९ तरिक कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुलमा आयोजित एक भव्य सांगीतिक कार्यक्रम को साथ भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालबाट आएका र कुबेत मै रहेका कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो ।दिउँसो एक बजेबाट कुबेतको जिलिप स्थित नटिङ ब्रिटिस स्कुल को हलमा सुरु भएको कार्यक्रममा नेपाल बाट पल्नु भएका अथीती कलाकार लाई पन्चे बाजा बजाएर कार्यक्रम हलमा सवागत गरेको थियो। भने दर्शकको बाक्लो उपस्थिती थियो ।

दर्शकको बाक्लो उपस्थीतीमा सम्मपन्न भएको कार्यक्रमका संयोजक निरजन ठकुरी रहेको कार्यक्रमको सभापति समाजको अध्यक्ष नबिन लोप्चन र प्रमुख अतिथिकोरुपमा नेपाली दुतावासको तर्फबाट राजदुत महामहिम यज्ञबहादुर हमाल रहेका थिए भने बिशेष अतिथिमा महामहिमका धर्मपत्नी रीता हमाल, दुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देन, NRNA NCC कुवैत को अध्यक्ष अर्जुन तमाङ,हराइन एक्स्चेन्ज कम्पनी, ( BBC) प्रतिनिधि, airabia को प्रतिनिधि,आदिवासी जनजाती महासंघका अध्यक्ष रमेश किराती चट्याङ, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यौपाने, कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो।

सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै समाज को महासचिब जिबन बिक ले स्वागत मन्तब्य गर्नु भएको थिए। उक्त कार्यक्रमलाई संचालक सुरेश ग्याबा र माधव शर्माले संयुक्तरुपमा संचालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि महामहिम यज्ञबहादुर हमाल, महासंघका अध्यक्ष,जनजाती महासंघका अध्यक्ष र पत्रकार महासंघका अध्यक्ष लगाएतले शुभकामना मन्तब्य दिएका थिए । मन्तव्यमा राजदुत हमालले यस सांगीतिक कार्यक्रमको उदेश्य अत्यन्तै पबित्र रहेको र यस कार्यमा सफलताको शुभकामना दिदै यस किसिमको संस्कृतिक कार्यक्रमले आफ्नो संस्कृति पहिचानलाइ सम्रक्षणको लागि बिशेष भूमिका रहनेमा बिस्वस्त रहेको बताउनु भयोl

तोकिएको समय भन्दा ढिला सुरु भएको कार्यक्रममा अतिथि कलाकारहरुलाइ पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए । कार्यक्रम लाई भब्य र सब्य बनाउन को लागि बाल कलाकार अनिषा लोप्चनको नृत्यबाट सुरु गरिएको सांस्कृतिक कार्यक्रम प्रस्तुतिमा समाज कलाकार कुमार तामाङ, सोम रसैली, को टुब लाइेट जस्ता डान्स ले भरपुर मनोरन्जन दिलएको थिए। त्यसतै गरी चितवनकै कलाकार रमेश घलानक गायक डिबि लोप्चन,बिबी मल्ल ठकुरी ले आ आफ्नो प्रस्तुतिद्वारा दर्शकलाइ नचाएका थिए। भने नेपालबाट पल्नु भएकी अतिथि कलाकार पुर्वान्चल सिङ्गगिङ्ग स्टार पछिल्लो समय मा अधिक चर्चामा रहेकी युवा ढुकढुकी सांगीतिक जगतमा सफल गायिका मोडेल को रुपमा पहिचान बनाइसकेकी गायिका प्रकृति थलङ लिम्बु ले आफ्नो चर्चित गीतहरुले दर्शक नचाएकी थिइन ।

नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक सागर आलेको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म पनि बराबर साथ पाइरहनु भयो । उनले नारायण गोपाल देखि कालीप्रसाद बास्कोटासम्मका जुन गीत गए पनि दर्शकले मनोरञ्जन लिए । उनले हो नीर जहिल्यै रिसाउने, कान्छिलाई घुमाउने काठमाडौ सहर, सालैज्यू जस्ता गीत दर्जनभन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । दर्शकले अन्त्यसम्म ‘वान्स मोर, वान्स मोर’ भनि नै रहे।

समाज ले विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थिए । नेपाल बाट पल्नु भएको अतिथी कलाकार सागर आले र प्रकृति थलङ लिम्बु लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने मगर संघ कुवेत, आदिवासी जनजाती महासंघ कुवेत,नेपाल तामाङ घेदुङ कुवेत र अन्य थुप्रै संघ संस्थाहरुले मायाको चिनो र खदा/ दोसल्ला ओढाएर सम्मान गरेको थियो।

कार्यक्रमका अन्तम सभापति तथा समाजका अध्यक्ष नबिन लोप्चनले प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु नेपाल बाट पल्नु भएका कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रम मा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष या परोक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँहरुको सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि चितवन सेवा समाज कुवेत बाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुको यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापन गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w