सागर आले मगर र प्रकृति थलाङलाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

फेब्रुअरी ७, कुवेत । चितवन सेवा समाज कुवेतले आयोजना गरेको “चितवन धमाका-२” सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आज फेब्रुवरी ७ बुधबार साँझ ७.२५मा अन्तराष्ट्रिय बिमानस्थलमा अथिति कलाकरहरु पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल सागर आले मगर र गायिका प्रकृति थलाङ लिम्बुलाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ ।

“अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन” भन्ने नाराको साथ कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुवेतले आफ्नो दोश्रो वार्षिक उत्सवको अबसर पारेर चर्चित राष्ट्रिय कलाकारहरुक साथ आगामी फेब्रुअरी -९-२०१८, शुक्रबारका दिन”चितवन धमाका-२” बिशेष सांगितिक कार्यक्रम नटिङगम ब्रिटिश स्कुलहल जिलिब शोयखमा मनाउन लागेको हो ।

नेपालबाट आमन्त्रित अथिति कलाकारहरुको भब्य स्वागत पछि फेब्रुअरी -९-२०१८, शुक्रबारका दिन”चितवन धमाका-२” बिशेष सांगितिक कार्यक्रम नटिङगम ब्रिटिश स्कुलहल जिलिब शोयखमा हुन गैरहेकोले कुवेतमा कृयाशिल बिभिन्न संघसस्थाहरु, अग्रज ब्यक्तित्वहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार, राजनीतिकर्मी, खेलाडी तथा कुवेतवासी दिदीबहिनी तथा दाजुभाई लाई उपस्थित कार्यक्रममा उपस्थित भैदिनहुन समाजकाअध्यक्ष नबिन लोप्चनले हार्दिक अनुरोध गरेका छ्न ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )