जिम्मेवार ब्याटिङको आस


विश्व क्रिकेट लिग डिभिजन २
विनोद पाण्डे
काठमाडौँ — नेपालले नामिबियाविरुद्धका पछिल्ला तीन खेल लगातार जितेको छ । बिहीबार नामिबियामा सुरु विश्व क्रिकेट लिग डिभिजन २ ले त्यसमा खासै अर्थ नराख्न सक्छ । हालैका खेलहरूमा निराशाजनक प्रदर्शनपछि नेपाल र नामिबिया दुवै नयाँ आशाका साथ डिभिजन २ को यात्रा थाल्ने दाउमा छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेपछि नेपाल र नामिबिया डिभिजन २ मा खेल्दै छन् । यी दुईसँगै च्याम्पियनसिपबाट झरेका केन्या र यूएईसहित डिभिजन ३ बाट शीर्ष दुई बनेर आएका ओमान र क्यानाडाले नामिबियामा प्रतिस्पर्धा गर्नेछन् । यस डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन् ।

विश्वकप छनोटमा पुग्ने आधार रहेको च्याम्पियनसिपमा भने नेपाल सातौं भएको थियो । नेपालले च्याम्पियनसिपका पछिल्ला ६ खेल एकमात्र जित्न सकेको थियो । चार खेलमा पराजय भोग्यो । केन्यासँग १ र यूएईसँग २ पराजय यही यात्रामा थियो । नामिबियाले पनि च्याम्पियनसिपका पछिल्ला ६ मा २ खेलमा जित हात पारेको थियो । त्यसमा यूएई र स्कटल्यान्डको विजय पनि समावेश छ ।

सन् २०१५ मा पछिल्लो डिभिजन २ पनि नामिबियामै भएको थियो । तीव्र बलरका लागि सहयोगी नामिबियाको विकेटमा खासै रन बन्न सकेको थिएन । त्यसमा ज्ञानेन्द्र मल्लले २ सय ३६ र कप्तान पारसखड्काले १ सय ८५ रन बनाएका थिए । ब्याटिङमा अन्य गतिलो साथ नहुँदा नेपाल फाइनल पुग्नबाट चुकेको थियो । त्यही अनुभवले होला कप्तान पारस ब्याट्सम्यानले जिम्मेवारी लिएर खेल्नुपर्ने बताउँछन् ।
‘हाम्रो ब्याटिङ क्लिक हुनैपर्छ, यसमा कुनै शंका छैन । शीर्ष एवं मध्यक्रमका ब्याट्सम्यान जिम्मेवार बन्नुपर्छ र प्रदर्शन गर्नुपर्छ,’ पारसले नामिबियाबाट भने, ‘यो स्तरमा राम्रो गर्न हामीले आफैं प्रदर्शन सुधार्ने प्रयास गर्नुपर्छ । एउटा टोलीका रूपमा सबैजना राम्रो प्रदर्शन गर्न लालयित छन् । त्यसैले पनि आवश्यक समयमा राम्रो प्रदर्शन गर्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।’

नेपालले ब्याटिङ सुधार्न ब्याटिङ परामर्शदाताका रूपमा भारतका सुलक्षण कुलकर्णीलाई ल्याएको छ । रणजी ट्रफीमा मुम्बईको प्रशिक्षक रहिसकेका कुलकर्णीको उपस्थितिले नेपालको ब्याटिङमा प्रभाव पार्ने आशा लिइएको छ । ‘उनी निकै रणनीतिक छन्, त्यसबाहेक केही नयाँपनले ड्रेसिङ रूमलाई निकै सहयोग गर्छ,’ पारसले कुलकर्णी’bout भने, ‘उनलाई जुन भूमिकाका लागि ल्याइएको हो, त्यो निभाइसके । अबहामीले त्यसलाई मैदानमा देखाउने बेला आएको छ ।’

तीन वर्षअघि दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्दै डिभिजन २ खेल्न पुगेको नेपालले आयोजक नामिबिया, नेदरल्यान्ड्स र क्यानाडालाई पराजित गरेको थियो । यी तीनै राष्ट्रमाथि त्यतिखेर नेपालको पहिलो विजय थियो । तर पहिलो खेलमा युगान्डासँग अप्रत्यासित पराजित नेपालले अन्तिम खेलमा केन्यासँगै हार्‍यो । यद्यपि नेपाल डिभिजन २ मा अडिएपछि च्याम्पियनसिप खेल्ने मौका पाएको थियो ।

नेपालसँगको पराजयका बावजुद नामिबिया फाइनल पुग्दै चारदिवसीय अन्तरमहादेशीय कपमा छनोट भएको थियो । त्यसपछि नेपालले च्याम्पियनसिपका खेलमा २०१६ मा नामिबियालाई काठमाडौं भएका दुवै खेलमा पराजित गरेको थियो । च्याम्पियनसिपमा ३ खेलमात्र जित्न सकेर पुछारमा रहेको नामिबियाले छिमेकी दक्षिण अफ्रिकाको प्रान्तीय प्रतियोगितामा खेल्दै डिभिजन २ को तयारी गरेको थियो ।

यसपालि नेपाली टोली तयारीमा खासै सन्तुष्ट देखिएको छैन । यूएईमा स्थानीय टोलीसँग तीन अभ्यास खेल खेल्दै नेपाली टोली चार दिनअघि नामिबिया पुगेको हो । ‘नामिबिया आएर हामीले तीन दिन राम्रो अभ्यास गर्‍यौं । ब्याटिङ, बलिङ, फिल्डिङ सबै राम्रो भएको छ,’ प्रशिक्षक जगत टमाटाले भने, ‘खेलाडीले राम्रो मिहिनेत गरेका छन् । यहाँको विकेट ठिकै छ, मुख्य भनेको हामीले राम्रो क्रिकेट खेल्नुपर्छ । विकेट दुवै टोलीका लागि उस्तै हुन्छ ।’

तीव्र बलरका लागि सहयोगी पिचमा नेपालको रणनीति कस्तो हुन्छ हेर्न बाँकी छ । तीन मध्यम गतिका बलर सोमपाल कामी, करण केसी र ललितसिंह भण्डारी एकैपल्ट उत्रने सम्भावना पनि रहन्छ । तर, प्रशिक्षक टमाटाको शैलीमा एउटा अलराउन्डर प्राथमिकतामा पर्छ । त्यसैले सोमपाल, करण र ललितमध्ये दुई खेलाएर एउटा अलराउन्डरका रूपमा आरिफ शेख र रोहित पौडेलमध्ये एक टिममा आउन सक्छन् ।

शक्ति गौचन, वसन्त रेग्मी र सन्दीप लामिछानेमध्ये एक स्पिनर प्लेइङ ११ मा नरहन सक्छन् । त्यसमा शक्तिको सम्भावना कम देखिन्छ । यूएईसँग अबुधाबीमा शक्तिलाई दुईमध्ये एक म्याचमा मात्र खेलाइएको थियो । दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अक्सनबाट लिएपछि सन्दीपको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हुनेछ ।

सहभागी ६ टोलीले राउन्ड रोबिन लिगमा एकले अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्ने छन् भने पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् । कप्तान पारस भन्छन्, ‘सबै टोलीले उस्तै तयारी गरेका छन्, त्यसैले हामीलाई सजिलो छैन । आगामी एकसाता कसले राम्रो खेल्छ त्यसले महत्त्व राख्छ ।’(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w