राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु


३२ सिटका लागि ५२ प्रतिस्पर्धी
काठमाडौँ — २ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । २ नम्बरबाट चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा चुनाव गर्न नपर्ने भएको हो । सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भइसकेको छ। बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान हुन लागेको छ। निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धी छन्। प्रदेश नम्बर ३ र ६ मा मात्रै सबै पदका लागि चुनाव हुनेछ। चुनाव हुन लागेका ६ वटा प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता छन्।

मतदानमा एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइएको छ। एक जना सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै तथा महिला र अन्य समूहको ३/३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट हुनेछ। राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख छन्। प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताको मतभार १८ तोकिएको छ।

यसरी हुन्छ मतदान

प्रत्येक मतदान केन्द्रमा प्रदेशसभा र स्थानीय तहबाट प्रतिनिधित्व गर्ने मतदाताहरूका लागि अलगअलग मतदान केन्द्र निर्धारण गरिएको छ। बहुमतीय प्रणालीबाट मतदान हुने समूहका लागि दिइने मतपत्रमा मतदाताले आफूले मतदान गर्न चाहेको व्यक्तिलाई रेजा चिह्न लगाई मतदान गर्नुपर्नेछ।

एकल संक्रमणीय प्रणालीबाट मतदान हुने समूहको हकमा भने मतदाताले आफूले रोजेको उम्मेदवारको नाम अगाडि निर्धारित बक्समा प्राथमिकताक्रम १, २, ३ लेखी मतदान गर्नुपर्ने उनले बताए। महिला र अन्य समूहमा उक्त प्रणाली लागू हुने र दुवै समूहमा ३/३ जना निर्वाचित हुने भएकाले प्राथमकिताक्रम ३ वटा तोकिएको हो।

बहुमतीय तथा एकल संक्रमणीय दुवै मत प्रणालीबाट भएका मतदानमा एकजनाले गरेको मतको मूल्य प्रदेशसभाका सदस्यको हकमा ४८ तथा स्थानीय तहका प्रतिनिधिको हकमा १८ गणना हुनेछ। एकल संक्रणीय मत प्रणालीअनुसारको मतदान गर्दा मतदाताले उम्मेदवार अगाडि प्राथमिकताक्रम लेख्न छुटाउनु हुन्न।

प्राथमिकताक्रम निर्धारण नगरी रेजा मात्रै लगाइए वा प्राथमिकताक्रम दिँदा पहिलो प्राथमिकता निर्धारण नगरिएको, प्राथमिकता दोहोरिएको मतपत्र बदर हुनेछ। कसैले पहिलो प्राथमिकता दिएको, दोस्रो नदिएको तर एकैपटक तेस्रो दिएको पाइए त्यस्तो अवस्थामा मत संक्रमणीय हुँदैन।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w