कुवेतमा एक नेपाली मृत भेटिए


नैनकला राई/ कुबेत

फेब्रुवरी ५,कुवेतl नेपालमा खोटाङ हलेसी तुवाचुंङ ५ घर भै हाल रोजगारीको सिलसिलामा कुवेतको कवाद स्थित कन्स्ट्रकटिंग क्षेत्रको कम्बाइनड ग्रुप कम्पनीमा करिब २ बर्ष देखि कार्यरत लगभग ३९ बर्षिय नबराज राईको हिजो कम्पनीको आवास नजिकैको खाली ठाउँमा मृत अवस्थामा फेला परेको खबर सोहि कम्पनीमा कार्यरत सिभिल फोरम्यान रोलबहादुर बिकले जानकारी दिएका छन् l

मृतक राई फेब्रुवरी ३ तारिक शनिबारका दिन बिहानको ड्युटी सकाएर साँझ ६ बजेतिर क्यैम्पबाट बाहिर निस्केपछि रति रुममा नआएको र भोलि बिहान करिब १०.०० बजे तिर कम्पनीको आवासको केहि पर खाली जग्गा, जहाँ पुराना बिग्रेका सवारी साधानहरु राखिएको ठाउँको भुइमा लडेको अबस्थामा अर्को कम्पनीमा कम गर्ने सिक्युरिटीले देखेर तत्काल प्रहरीलाई खबर गरे पछी प्रहरीले शव लिएर गएको जानकारी प्राप्त भएको छ l

मृतक राईको ’boutमा परदेशी खबरले नेपाली दुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनसंग सम्पर्क गरेर मृत्युको जानकारी गराई सिभिल आइडी कार्ड (अकामा) को फोटो सहित उपलब्ध गराएको छ lमृत्यु के कारणले भएको हो कारण खुलीनसकेको र मृतकका शव फर्वानिया अस्पतालमा राखिएको छ l राईको परिवारमा बाबु आमा साथै ३ जना दाजुभाइ, ३ दिदीबग्नीहरु र १ जना छोरा २ जना छोरि मात्र रहेको छ l स्रोतका अनुसार मृतकको आफन्त दिदी र काकासंग सम्पर्क गरेर राईको मृत्यू भएको जानकारी गराइसकेको खबर प्राप्त भएको छl

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w