Daily Archives: 06/02/2018

मुसहर बस्ती हस्तान्तरण आज


मदन ठाकुर
रौतहट – धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना मुसहर बस्ती मंगलबार हस्तान्तरण गर्न लागिएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राष्ट्रिय सभा चुनाव भोलि


-प्रतिनिधिसभा गठनको बाटो खुल्ने -एक मत बदर भए १८ वा ४८ मतभार नोक्सान हुने
राजेश मिश्र
काठमाडौँ — बहुप्रतीक्षित राष्ट्रिय सभा चुनाव बुधबार हुँदै छ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन । निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको हो । यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत ठप्प छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताए । ‘माघ २४ गते चुनाव सम्पन्न हुन्छ, सोही रातिबाट परिणाम आउन थाल्छ । सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ,’ उनले भने । आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा एक नेपाली मृत भेटिए


नैनकला राई/ कुबेत

फेब्रुवरी ५,कुवेतl नेपालमा खोटाङ हलेसी तुवाचुंङ ५ घर भै हाल रोजगारीको सिलसिलामा कुवेतको कवाद स्थित कन्स्ट्रकटिंग क्षेत्रको कम्बाइनड ग्रुप कम्पनीमा करिब २ बर्ष देखि कार्यरत लगभग ३९ बर्षिय नबराज राईको हिजो कम्पनीको आवास नजिकैको खाली ठाउँमा मृत अवस्थामा फेला परेको खबर सोहि कम्पनीमा कार्यरत सिभिल फोरम्यान रोलबहादुर बिकले जानकारी दिएका छन् l पढ्नेक्रम जारी राख्नुहोस्