कुबेत नेपालडटकम
लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ वार्षिकोत्सब यहि मार्च २३ तारीखका दिन मनाउने साथमा नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा सार्वजनिक गरिने भएको छ।
परदेशी खबर सँग कुरा गर्दै समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले कार्यक्रम गर्ने हलको तय नभए पनि मिति तय गरिएको र चाँडै कार्यक्रमको स्थान ’bout जानकारी दिने बताउनु भयो ।
लुम्बिनी समाज नेपाल-कुवेत कुवेतमा सामाजिक कार्यमा सक्रिय संस्थाको रुपमा स्थपित गर्न सफल भएको संस्था हो । हरेक वर्ष नेपाली वर्षको भित्तेपात्रो पनि प्रकाशित गरि सार्वजनिक गर्दै आइरहेको समाजले यहि आउदो नयाँ २०७५ सालको नेपाली क्यालेन्डरको विमोचन पनि गर्ने भएको छ ।
उक्त कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमको शोभा बढाई सफल बनाउन सम्पुर्ण कुवेतमा सक्रिय संघ संस्था , नेपाली समुदाय, मिडिया कर्मी ,कलाकर्मी, खेलप्रेमी लगायत सम्पुर्णलाई उपस्थितको आग्रह यसै समाचार मार्फत सम्पुर्णलाई जानकारी गरिएको छ ।