अतिथि कलाकाहरु सागर आले र प्रकृति थलाङ बुधबार बेलुका ७तारिख ७.३० बजे कुवेत आइपुग्ने


कुबेत नेपालडटकम

कुवेत, फेब्रुवरी ३- कुवेतमा नेपाल आइडल टप ४ का सागर आले सहितका कलाकारले धमाका मच्चाउने भएका छन् । धमाका मच्चाउन चर्चित युवा गायक सागर आले र पूर्वान्चल सिङगिंग स्टार २०७१ बिजेता प्रकृति थलाङ बुधबार बेलुका (७ तारिख) ७.३० बजे कुवेत आइपुग्ने भएका छन् |

फेब्रुअरी ९ तारिख शुक्रबार हुने ”चितवन धमाका २” का अतिथि कलाकार सागर आले र प्रकृति थलाङको स्वागतका लागि कुवेतमा क्रियाशील नेपाली संघ-संस्थाका पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भै दिनुहुन कार्यक्रम संयोजक निरज ठकुरीले अनुरोध गरेका छन् |

चितवन सेवा समाज कुवेतले दोश्रो बार्षिक उत्सब तथा अधिबेशनको अबसर पारेर चितवन धमाका २ सांगीतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ | २ अतिथि कलाकारका साथमा लोकगायक डीबी लोप्चन, डान्सर सोम रसाइली, रमेश घलान, कुमार तामांग, बालकलाकार अनिसा लोप्चन सहित अन्य चर्चित कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले बताएको छ ।

कार्यक्रम जिलिपको नटिङगम ब्रिटिस स्कुलमा बिहानको ११ बजेबाट सुरु हुनेछ ।

कार्यक्रम ’bout थप जानकारी

मिति:- फेब्रुवरी ९ तारिख शुक्रबार

स्थान:- जिलिपको नटिङगम ब्रिटिस स्कुल (दलित एकता संजाल र बिश्वकर्मा समाजको कार्यक्रम भएको हल)

समय:- बिहान ठिक ११ बजेदेखि

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w