Daily Archives: 01/02/2018

चित्र

बिदाको दीनपनी कुवेत स्थीत नेपाली राजदुतावास खुल्ला रहने


Advertisements

कुवेतमा फटाहाहरु देखी साबधान रहौं सावधानी रहन सल्लाह सुझाव दिऔं!


कुवेतमा हामी नेपाली काम गर्दा गर्दै  जो कोही पनी विविध कारणवस ईलिगल भएर बस्नु परेको,  सम्पुर्ण आप्रवासी  दाजुभाई तथा दीदी बहीनी हरुले प्लेनको टीकट काट्न लाग्ने खर्च बाहेक अरु कुवेतमा निःशुल्क सेवा सुविधा पाउनु हुनेछ! तपाईको पैसा कही कतै केही पनी लाग्दैन त्यसैले जो कोहीपनी !तपाईहरुलाई ढाँटेर छलेर पैसा खान खोज्दछ भने नेपाली राजदुतावास कुवेतमा खबर गर्नुहोला! फटाहाहरु देखी हामीसबै साबधान रहौं र अरुलाई पनी सावधानी बन्न सल्लाह सुझाव दीउ!

:-: स्मरण रहोस यो कानुन कुवेतमा ७ बर्षपछी खुलेको यो कानुन २९ जनवरी देखी २२ फेब्रवरी सम्म मात्र हो , यसपछी जानेले जेल नेल सबै भोगेर जानुपर्नेहुन्छ ! यस्तो सुभ अवसर गुमाउनु भनेको तपाई (ईलीगलरहुनहुने) ले आफ्नो खाडल आफै खन्नुहो ! ईलीगल बनेर बस्नेहरु सबै आफ्नो देश जानु होला र अरुलाई पनी जाने सल्लाह दीनुहोला! अहीले जो कोही जान्छ ठुलैकेस नलागेको भए उनीहरु बिना फींगर विना ब्ल्याकलीस्ट जेल नबसी सिधै स्वदेश जान पाउछ र पछी आउन चाहे आउन सक्नेछन! जो कोही पनी यो अवसर छुटाएर २ महीना भन्दा बढी  जेलको  हावा खाएर जान चाहनेलाई भिरबाट लड्ने गोरुलाई जसरी राम राम भन्दा अरुकेही भन्न सकीन्न ! त्यसैले मानव बनौ अवसर सदुपयोग गरौं!