कुबेत नेपालडटकम
महाशिला गाउपालिका बिनासकारी भुकम्पले हजारौलाई घरबार बिहिन बनाएको नेपालमा पर्बत जिल्लाको होर्स्याङ्दीको एक परिवापनी निकै पीडित बनेको थियो । भुकम्पले घर भात्काएपछी गोठमा बस्दै आएका अपांग कर्णबहादुर थापा मगरको परिवारले सामाजिक सञ्जाल फेशबुकको शाहयताबाट जुटेको रकमबाट नयाँ घरमा बस्ने अबसर पाएका छन । लामो समय कुवेतमा बस्दापनी आफ्नो सामाजिक कार्यलाई सञ्जालबाटै निरन्तरता दिएका दिनेश नाशु गुरुङको पहलमा जुटाईएको रकम करिब् ४ लाख मा निर्माण गरिएको नयाँ घर गाउपालिका प्रमुख राजु पौडेल वार्ड अदक्ष्य ईस्वरी भुसाल,लुन्खु वार्ड अध्यक्ष जीवन उचई ठकुरी,३ का अध्यक्ष कर्ण बहादुर गुरुङ लगायत समाजसेबिले एक कार्यक्रम बिच हस्तान्तरण गरेको जानकारी दिनेश गुरुङले दिएका छन ।
बुढी आमालाई लिएर गोठमै बस्न वाध्य भएका कर्ण बहादुर थापाको अवस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरी सहयोगको लागि अपिल गरेका दिनेश गुरुङलाई धेरै सामाजिक कार्यमा मनग्य सहयोग गरेकी हाल हङ्कङ निवासि रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका घर भएकी हिरा थापा मगरको बिशेष सहयोगमा उक्त घर निर्माण भएको गुरुङले बताए । घर हस्तान्तरण कार्यक्रममा हिरा थापा मगर आँफै उपस्थित हुन नसकेपनी उक्त कार्यक्रममा उहाका दाजु महेश राना मगर उपस्थित हुनुभएको र नयाँ चिटिक्क परेको घर पाउदा अपाङ्ग कर्ण बहादुर थापा अचम्म परेको स्थानिय युवा तथा सामाजिक ब्यक्तित्व दिनेश गुरुङ ले कुवेत नेपाल डटकम लाई जानकारी दिएका छन ।
गाउमा घुम्दै जादा पीडित परिवारको दयनिय अवस्था देखी केही गरौ भनी जुटेका गुरुङ लाई मनकी धनी हिरा थापा मगरको साथले निकै खुशी तुलाएको र आगामी दिनमा पनि सामाजिक कार्यमा अग्रसर हुन प्रेरणा मिलेको गुरुङ बताउछन । गुरुङकै बिशेष सकृयतामा होर्स्याङीकै एक मिर्गौला पीडित चेलीलाई पनि मनग्य आर्थिक सहयोग उठाईएको थियो भने उक्त अबसरमा पनि हिरा थापा मगरले उल्लेख्य सहयोग गरेकी थीईन ।मिर्गौला पीडित लाई नेपाल कुवेत सास्कृतिक मञ्च र माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले पनि आर्थिक सहयोग गरेको थियो यद्दपी उनी बाँच्न सकिनन । प्रबाशको बसाईलाई बिट मारेर आफ्नै जन्मथलोमा पुगेका दिनेश महाशिला गाउपालिका मा पशु सम्बन्धी ज्ञान भएका प्रतिनिधिको रुपमा कार्यरत छन ।